अनशनकारी डा. गजुरेलको अवस्था चिन्ताजनक

आजभोलि

अनशनकारी डा. गजुरेलको अवस्था चिन्ताजनक

काठमाडौँ ।
१४ औँ दिनदेखि आमरण अनशनमा रहेका नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेश कुमार गजुरेलको अवस्था चिन्ताजनक बनेको छ ।
आंशिकलाई करार लगायत विभिन्न माग राखि अनशन सुरु गरेका गजुरेलको स्वास्थ्य अवस्था एकदमै जटिल बनेको हो ।
डा. गजुरेल असोज ११ गतेदेखि आमरण अनशनमा बसेका छन् । गजुरेलको रक्तचाप, मुटु, महत्वपूर्ण अंग, मृगौलाको समस्या बढ्दैजाँदा अवस्था चिन्ताजनक बनेको चिकित्सकले बताएका छन् ।


यता संघ र सरकारबिचको सोमबारको वार्ताले कुनै निष्कर्श निकाल्न सकेको छैन । मंगलबार साँझ फेरी वार्ता हुने जनाइएको छ । वार्ताले निचोड निकाल्न ढिलो गरिरहँदा डा. गजुरेलको अवस्था झनै बिग्रँदै गएको सहअध्यक्ष ठमिन्द्र खतिवडाले बताए । उनले भने ‘यसरी नै अनशन लम्बिने हो भने केही भन्न सकिन्न, डा. गजुरेलको अवस्था एकदमै जटिल बनेको छ’ ।

  • २४ आश्विन २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !