गोरखामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने

आजभोलि

काठमाडौ । वाम गठबन्धनबाट बाहिरिपछि नयाँ शक्ति नेपाल आफ्नै चुनाव चिन्हमा निर्वाचन लड्ने भएको छ । पछिल्लो प्राप्त जानकारी अनुसार नयाँ शक्ति नेपालले गोरखामा नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएको छ । अपुष्ट प्राप्त खबर अनुुसार केन्द्रको निर्वाचनमा २ क्षेत्र मध्ये एक नयाँ शक्ति एक नेपाली कांग्रेसलाई बराबरी बाँड्ने सहमती हुन सक्ने जानकारी प्राप्त भएको छ ।

प्रदेशको निर्वाचनमा भने ३ नयाँ शक्तिलाई एक नेपाली कांग्रेसलाई दिने कुरामा बहस चलेको छ । नेपाली कांग्रेसका एक जना केन्द्रीय नेताले दिएको जानकारी अनुसार नयाँ शक्तिसँग पनि चुनावी तालमेल हुन सक्ने बताएका छन् । उनका अनुुुसार कुनै सहमती नभएको तर तालमेल हुन सक्ने बताए ।

गोरखामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएमा माओवादी केन्द्र नेकपा एमालेलाई रोक्न सकिने दुबै पार्टीहरुको बुझाई रहेको छ । चुनावी तालमेल भएमा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठको राजनीति आधार भने सकिनेछ । उनलाई जित्नको लागि हम्मे पर्नेछ । यसले माओवादीलाई निकै घाटा हुने देखिएको छ ।

  • २८ आश्विन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !