उमेदवारी दिएकामध्ये ९७ जनाले आफ्नो उमेदवारी फिर्ता लिए

आजभोलि

काठमाडौं । पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी दिएकामध्ये ९७ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । मनोनयन गरेका मध्य एकजनाको उमेदवारी रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कात्तिक ५ गते ८ सय ७ जनाले उमेदवारी दिएका थिए । त्यसमध्ये ४ जनाको उमेर हदका कारण उमेदवारी रद्द भएको थियो ।

अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ सय ११ पदका लागि ७ सय ५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उमेदवारी फिर्ता लिनेमा मनाङको प्रदेशको २ नम्बर क्षेत्रकी एमाले उमेदवार खण्डा लामा, माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उठेका एमालेका गोविन्दविक्रम शाह एमालेका निरज आचार्य रामेछापमा माओवादीका बागी उमेदवारलगायतले उमेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, रुकुममै माओवादी केन्द्रका उमेदवार कमला रोकाविरुद्ध उमेदवारी दिएका माओवादीकै तेजेन्द्र खाम मगरले पनि उमेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

यता माओवादी केन्द्रका उमेदवार तथा पूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध उमेदवारी दिएकी लक्ष्मी गुरुङले पनि काठमाडौंबाट हेलिकप्टर चढेरै उमेदवारी फिर्ता लिएकी छन् ।

यसरी पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका ८०३ उमेदवारमध्ये ९७ जनाले उमेदवारी फिर्ता लिएका हुन् भने एक जनाको खारेज भएको हो ।  

नुवाकोटबाट प्रदेशसभाका लागि कांग्रेसबाट उमेदवार बनेका रमेश महतलाई कृषि विकास बैंकको बोर्ड सदस्य रहेको भन्दै उजुरी परेको थियो । तर, जिल्लाबाट आरोप पुष्टी नभएकोले उमेदवारी कायम गरेको सुचना आयोगमा आएको पाइएको छ । 

  • ९ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !