छठ पर्व मनाइँदै

आजभोलि

काठमाडौँ   आराध्यदेव सूर्यको आराधना गरी महापर्व छठ आज धुमधामका साथ मनाइँदैछ   केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत प्रमुख सहरमा पनि मनाउन थालिएको   

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर यस पर्वको वर्त बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । 

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिने विधिविधान रहेको छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ । 

कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।  छठ पर्वलाई विशेष चित्तशुद्धि, हर्षोल्लास, परिवारिक मिलन, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरको रूपमा मनाइने गरेको

मधेशी समुदायमा मात्र प्रचलित छठ अिहले पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दैछ  राजधानीमै केही वर्षदेखि छठको रौनक देखिन थालेको

जनकपुर घर भई अहिले राजधानीको कोटेश्वरमा बस्दै आएका अनिल झा आफू बसेको कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने बताउँछन्।  चाडपर्व अरू ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदान समेत हुने उनकोको तर्क

त्यस्तै, सर्लाहीको रानिगंज घर भई  पेप्सीकोला बस्दै आएका इन्दल महतो चाडपर्व आस्था विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने झन् आफ्नो संस्कृतिको प्रसार हुने बताउँछन्    

सरकारले यस पर्व मनाउन राष्ट्रय विदा दिएको छ ।

  • ९ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !