काँग्रेसले टुङ्गो लगायो शिर्ष नेताको निर्वाचन क्षेत्र

आजभोलि

काँग्रेसले टुङ्गो लगायो शिर्ष नेताको निर्वाचन क्षेत्र

काठमाडौँ । नेपाली काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ ।  काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय समितिको बैंठकले उम्मेदवारहरू टुङ्गो लगाएको हो ।  

सभापति देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १ बाट, प्रकाशमान सिंह काठमाडौँ १ बाट, उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३ बाट, महामन्त्री डा. शशाङ्क कोइराला नवलपुर १ बाट, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट र विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवारी दिने निर्णय काँग्रेसले गरेको छ ।  

यसैगरी डा. प्रकाशशरण महत काठमाडौँ ५, मीनेन्द्र रिजाल मोरङ २, महेश आचार्य मोरङ ४, डा. शेखर कोइराला मोरङ ६ बाट, पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र १ र ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार हुने भएका छन् ।  

त्यसैगरी गगनकुमार थापा काठमाडौँ ४, फरमुल्लाह मन्सुर बारा ३, अर्जुनप्रसाद जोशी पर्वत १, नवीन्द्रराज जोशी काठमाडौँ–८ बाट उम्मेदवार बन्ने काँग्रेसले जनाएको छ ।

यसैगरी डा. नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, रमेश रिजाल पर्सा ४ बाट, उम्मेदवार हुने छन् ।  

  • १० कार्तिक २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !