हुलाकी राजमार्गको निर्माणमा तिब्रता, लेखकको सपना पूरा हुँदै

आजभोलि

कञ्चनपुर । कञ्चनपुरको डोकेबजार – दैजी हुलाकी राजमार्ग कालोपत्रेको काम तीब्र गतीमा अगाडी बढेको छ । नेपाली कांग्रेशका केन्द्रीय सदस्य रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको समयमा ठेक्का भई काम सुरु भएको सो हुलाकी मार्गको लम्बाई ६२ किलोमीटर रहेको छ ।

गत माघ ६ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको उक्त हुलाकी राजमार्गको निर्माण कार्य तीब्र गतिमा भएको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरुन्त मण्डलले बताए ।

दोस्रो संबिधानसभाको निर्वाचनको समयमा उक्त सडक खण्ड कालोपत्रेका लागि नेपाली कांग्रेशका नेता दिवान सिंह बिष्टले प्रतिबद्दता जनाएपछि उनको उक्त निर्वाचन जित्ने ठूलो आधार समेत बनेको थियो ।

बेलौरी–कलुवापुर सडकखण्डको स्तरोन्नतिका लागि तत्कालिन सांसद दिवान सिंह बिष्ट, एनपी साउँद र बहादुर सिंह थापाको महत्वपूर्ण भूमिका रहेको थियो । यी तीनै नेता नेपाली कांग्रेशबाट निर्वाचित व्यक्ति हुन् । सम्वन्धित क्षेत्रलाई विकाशको मूलधारमा लैजानका लागि महत्वपूर्ण मानिने सडकको स्तरोन्नतिमा कञ्चनपुरकै विकाश प्रेमी नेता रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा विकाशको सुरुवात भएको छ ।

  • १० कार्तिक २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !