बिर्तामोड तनाबग्रस्त – प्रहरीको गोली लागेर एक जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

आजभोलि

झापा ।
झापाको मुटु बिर्तामोडमा बालकको हत्यारालाई कारवाही गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ ।

गोली लागेर अर्जुनधारा नगरपालिका–११ का नरेश थापाको ज्यान गएको बिर्तामोड प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका थापाको उपचारका क्रममा मेची अञ्चल अस्पतालमा  मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर दर्जन भन्दा बढी घाइते भएका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुर र बिर्तामोडका अस्पतालहरुमा उपचार भइरहेको छ ।

बिहानै देखि प्रदर्शन गरेको र एक बजेपछि प्रदर्शन नियन्त्रण भन्दै स्थानीय प्रशासनले लगाएको कर्फ्यु लगाएको थियो । कर्फ्यु तोडेर स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएपछि गोली चलाउनु परेको स्थानीय प्रहरीले जनाएको छ ।

अर्जुनधारा–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शन नियन्त्रण गर्न भन्दै प्रशासनले बिर्तामोडमा कर्फ्यु जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड मुक्तिचोकको वरिपरी दुई किलोमिटर क्षेत्र भित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । बालक शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको थियो ।

शिवाकोटीको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर र्‍याली निकालेका थिए । सोही र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो । त्यसपछि प्रदर्शन र तोडफोड भएकाले कर्फ्यु लगाउनु परेको प्रशासनले जनाएको छ ।

बिरोधमा सञ्जाल भरियो सरकार चुप !

घटनालाई लिएर सरकार अहिलेसम्म चुप छ । स्थानीय काँग्रेस युवा नेता विश्वप्रकाश शर्माले दोषी उपर कडा कारवाहीको माग गरेका छन् । सरकार बोलेन तर सञ्जाल भरियो यसरी ।

  • १० कार्तिक २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !