क्याटलोनियाको क्षेत्रीय संसद भंग

आजभोलि

स्पेन । स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटलोनियाको क्षेत्रीय संसद भंग गरेका छन् । क्याटलोनियाको क्षेत्रीय संसदले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री मारिआनो राखोइले संसद र सरकार भंग गरेका हुन्।

संसद भंग गरेसँगै क्याटलोनियामा थप संकट उत्पन्न भएको बिबिसिले जनाएको छ ।

प्रधानमन्त्री मारिआनो राखोइले क्याटनलानका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेको बताएका छन् ।

क्याटलोनियाको क्षेत्रीय संसदले शुक्रबार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेसँगे प्रधानमन्त्री मारिआनो राखोइले यस्तो निर्णय गरेका हुन् ।

प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको अनुमति मागेका थिए। सिनेटरहरुले सो प्रस्तावलाई अनुमोदन गरेका थिए।

गत अक्टोबर १ मा स्पेनबाट स्वतन्त्र हुनेपक्षमा क्याटलोनियाले विवादास्पद जनमत संग्रह गरेको थियो।

  • ११ कार्तिक २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !