आयोगले थाल्यो मतपत्र छाप्न

आजभोलि

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ प्रयोग गरिने मत पत्र छाप्न थालेको निर्वाचन आयोगले जनाएको छ ।

दुई वटा मतपत्र प्रयोगबारे पछिल्लो पटक सर्वोच्चले दिएको आदेशसम्बन्धमा औपचारिक पत्र प्राप्त नभएकोले  मत पत्र छाप्न थालेको निर्वाचन आयोगले जनाएको हो।

सर्वोच्च अदालतले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि अलग अलग मतपत्र छपाइको प्रगति विवरण पेश गर्न गत बुधबार भनेको दुई दिनपछि प्रत्यक्ष चुनावतर्फको मतपत्र छाप्न आयोगले शुरू गरेको हो ।

आयोगले समानुपातिक प्रणालीतर्फ प्रयोग हुने १ करोड ७४ लाख मतपत्र छापिसकेको छ ।

सर्वोच्च अदालतले बुधबार प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने कामको प्रगति विवरणको जनकारी गराउन निर्वाचन आयोगलाई भनेको थियो ।

  • ११ कार्तिक २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या