एएफसी च्याम्पियनसिप छनोटमा सहभागि हुन नेपाली टोली कीर्गिस्तान प्रस्थान

आजभोलि

काठमाडौँ । एएफसी १९ वर्षमुनि च्याम्पियनसिप छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली कीर्गिस्तान लागेको छ । समूह ‘ए’ मा परेको नेपालले कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन सामना गर्ने छ । नेपालले मंगलबार कीर्गिस्तानको खेल्ने छ ।


कात्तिक १४ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा सहभागि हुने खेलाडिलाई नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले आज बिदाइ गरेका छन् ।


नेपालले आफ्नो दोस्रो खेल कात्तिक १६ गते बहराइनसँग, तेस्रो खेल कात्तिक १८ गते युएइसँग र चौथो खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।


फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउने छ।

  • १२ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !