एक्लिए गोविन्दराज जोशी, तनहुँ काँग्रेस नेताले निकाले जोशी विरूद्ध विज्ञप्ती

आजभोलि

तनहुँ । पार्टीले टिकट नदिए बागी उठ्ने धम्की दिँदै आएका नेपाली काँग्रेसका पूर्वगृहमन्त्री गोविन्दराज जोशी एक्लिएका छन् । तनहुँ काँग्रेसका नेताहरूले नेता जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गर्दै आज एक वक्तव्य निकालेका छन् ।

तनहुँबासी केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेललगायतका नेताहरुले  आज आइतबार वक्तव्य जारी गर्दै जोशीप्रति खेद व्यक्त गरेका हुन् ।

जोशी तनहुँ १ बाट टिकटका आकांक्षी थिए । तर कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

आज जारी वक्तव्यमा भनिएको छ, ‘बालुवाटरमा प्रधानमन्त्रीले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिइ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिइ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं ।’

‘बालुवाटरमा प्रधानमन्त्रीले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिइ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिइ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं ।’

उनले आफूलाई टिकट नदिएर अर्को चुनाव चिन्ह लिएर भएपनि चुनाव लड्ने बताउँदै आएका छन् । पार्टी शीर्ष नेताले जोशीलाई समानुपातिकमा बस्न शनिबार आग्रह गरेका थिए । तर जोशी समानुपातिकमा बस्ने शीर्ष नेताको प्रस्ताव अस्वीकार गर्दै यसबारे थप कुरा नगर्न भनेका थिए।

विज्ञप्ती जारी गर्दै उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट दिन समेत आग्रह गरेका छन् ।

  • १२ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !