काठमाडौं । निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रम कार्यान्वयनमा अाज निर्वाचन आयोगले रोक लगाएको छ । संसदको कार्याकाल समाप्त भएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्यवन गर्न नमिल्ने भन्दै आयोगले आइतबार यस्तो निर्णय गरेको हो ।
आयोगको आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिँदै यसबारे अनुगमन गरी भोलि सोमबार प्रतिवेदन पठाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकाररुलाई निर्देशन समेत दिएको छ ।
आयोगले पूर्व सांसदहरुले सिफारिससाथ छनौट गरिएका परियोजना तथा कार्यक्रम रद्द गर्न र कोलेनिकाबाट रकम रोक्का गर्न प्रजिअहरुलाई निर्देशन दिएको छ ।