काठमाण्डौ । बर्दियाबाट प्रतिनिधीसभाको प्रत्यक्ष निर्वाचनमा एमालेका बामदेव गौतम र नेपाली कांग्रेसका संजय गौतमबीच भिडन्त हुने भएको छ ।
एमालेले उपाध्यक्ष बामदेवलाई उठाउने तयारी गरिरहँदा कांग्रेसका नेता संजयले आफु पनि गृहजिल्ला बर्दिया १ बाट नै चुनाव लड्ने स्पष्ट पारेका हुन् ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता संजयले बामदेव गौतमलाई आफूले पराजित गर्ने दाबी समेत गरे । बामदेव गौतमलाई संकेत गर्दै संजयले भने, “राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । जनताले मलाई जिताउनेछन् ।”
त्यस क्षेत्रका जनता र माटोसँग आफू दशकौँदेखि खेल्दै आएको बताउँदै नेता संजयले त्यस क्षेत्रका जनताको चाहना र आवश्यकता बुझेको बताए ।