कांग्रेसले घोषणापत्र तयार गर्दै भन्यो एमाले राष्ट्रिय एकता र सम्वृद्धिको बाधक

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको घोषणा पत्र तयार पारेको छ । घोषणापत्र तयार गर्दै काँग्रेसले एमाले राष्ट्रिय एकता र सम्वृद्धिको बाधक भएको आरोप लगाएको छ।

‘मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,’ काँग्रेसले घोषणापत्रमा भनेको छ।

‘नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता तथा कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल, मेडिकल कलेज, एनजिओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको रुपमा आफूलाई परिवर्तित गर्दै लगेको छ,’ घोषणापत्र भनिएको छ।

कांग्रेसले संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एंव निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले संविधानका नयाँ उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको बताएको छ।

कांग्रेसले एमाले र माओवादीलाई सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टी प्रमाणित भएको आरोप लगाएको छ।

  • १४ कार्तिक २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या