कैलाली ५ बाट आरजु, जित्ने सम्भावना बलियो

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले कैलाली ५ बाट नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई प्रत्यक्ष चुनावमा उम्मेद्वार बनाएको छ ।  सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले राणालाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । कैलाली ५ नेपाली कांग्रेसको बलियो क्षेत्र हो ।

यस भन्दा अगाडि पनि दोस्रो संविधान सभामा नेपाली कांग्रेसले निर्वाचन जितेको थियो । नेतृ आरजु राणाको पनि जित्ने सम्भावना बलियो रहेको छ ।

अहिले पनि धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितेकोले देउवाको निर्वाचन क्षेत्र बलियो देखिन्छ ।  संसदीय समितिले कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।

यस्तै गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

  • १४ कार्तिक २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या