नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्‍याउँदै छ काँग्रेस

आजभोलि

काठमाडौं नेपाली काँग्रेसले नेपालीको प्रतिव्यक्ति वार्षिक आय लाख ५० हजार पुर्‍याउने जनाएको उसले आफ्नो घोषणापत्र तयार गर्दै यस्तो बताएको हो

उसले पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्बको पुर्‍याउने समेत जनाएको छ।

घोषणापत्रमा उसले भनेको पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ५० खर्बको नेपालीको प्रतिव्यक्ति वार्षिक आय लाख ५० हजार पुर्याउँछौ।

हाल नेपालको अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँको भने नेपालको पछिल्लो बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको त्यस्तै, नेपालको प्रतिव्यक्ति वार्षिक आय ९० हजार सय २१ रुपैयाँ छ।

कसरी पुर्याउँछ

नेपाली काँग्रेसले प्रतिनिधि सभा प्रदेश सभाका लागि तयार गरेको घोषणापत्रमा ५० खर्ब रुपैयाँको अर्थतन्त्रको आकारका लागि व्यापक विदेशी पूँजीको परिचालन गर्ने तथा अभूतपूर्व स्वदेशी लगानी गर्ने जनाएको छ।

साथै, व्यापक नीतिगत सुधार गर्ने दाबी समेत गरेको छ। काँग्रेसले सोमबार  अाज सार्वजनिक गर्न लागेको घोषणापत्रलाई कार्यान्वयनको संकल्प भएको दाबी समेत गरेको छ। काँग्रेसले २०५२ सालपछित्रिशंकु संसद’, अल्पमतको सरकार, राजनीतिक अस्थिरता, हिसांत्मक द्वन्द्व कतिपय दलबीच आर्थिक नीतिमा देखिएको अस्पष्टताका कारण आर्थिक वृद्धिदरले सुस्त गति पक्डिएको उल्लेख छ।

काँग्रेसले कम्युनिष्ट सरकारका अस्थिर, अविश्वसनिय, भ्रष्ट लोक रिझ्याँइमा सिमित नीतिले मुलुकको वित्तीय अनुशासन ध्वस्त भएको जनाएको छ।

काँग्रेसले घोषणापत्रमा एक दशकसम्म सातदेखि दश प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न तीन देखि पाँच लाख रोजगारी श्रृजना गर्न प्रतिबद्ध रहेको जनाएको छ।

  • १४ कार्तिक २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !