ओलीका झापाका मुख्य सहयोगी (दाहिने हात) काँग्रेसमा प्रवेश गर्दा बालकोटमा रूवाबासी

आजभोलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका झापाका मुख्य सहयोगी पदम गौतम काँग्रेसमा प्रवेश गरेका छन् । उनी काँग्रेस प्रवेश गरेको खबर पाउँदा बालकोटमा रूवाबासी भएको खबर आजभोलीलाई प्राप्त भएको छ । उनलाई झापामा अोलीको दाहिने हातका रूपमा चिनिन्छ ।

उनको काँग्रेस प्रवेशले एमाले झापालाई ठूलो धक्का लागेको छ । एमाले अध्यक्ष केपी ओलीझापाबाट चुनाव लड्ने भनिरहँदा उनको काँग्रेस प्रवेशले अाफ्नो हार हुनी भन्दै बालकोटमा रूवाबासी भएक बालकोट निकट स्रोतले आजभोली टिमलाई बतायो ।

निर्वाचनको मुखैमा यी नेताहरुको काँग्रेस प्रवेशले काँग्रेसलाई झापामा केही सहज हुने भएको छ भने आफ्नो सहयोगी गुमाउँदा एमाले अध्यक्ष ओलीलाई भने ठूलो झड्का लागेको छ।

गौतम सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रम काँग्रेस पार्टी प्रवेश गरेका हुन् । उनी एमालेबाट तीन पटकसम्म गाविस अध्यक्ष बनिसकेका र गाउँ विकास समिति राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत बनिसकेका व्यक्ती हुन् । 

उनलाई काँग्रेसका शीर्ष शीर्ष नेताहरु, झापा गृह जिल्ला भएका काँग्रेसी नेताहरुका साथमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले काँग्रेसमा प्रवेश गराएका थिए । साविकको तोगाछी गाउँ विकास समितिका उनीसँगै पदम बहादुर पौडेल, दिपक खड्का, मनोहर पौडेल, रुपा पौडेल, फडिन्द्र खडेका लगायतका एमाले नेताहरु काँग्रेसमा प्रवेश गरेका थिए । 

  • १४ कार्तिक २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !