यसकारण बझाङ्गमा कांग्रेस बलियो: कम्युनिष्ट गठबन्धन भित्र किचलो

आजभोलि

काठमाडौं । बझाङ्ग जिल्लाको पछिल्लो राजनीतिक माहोल हेर्दा कम्युनिष्ट गठबन्धन भन्दा नेपाली काग्रेस बलियो देखिएको छ । नेपाली कांग्रेसको चुनावी अभियानले गाउँ गाउँसम्म पुग्दा पनि एमाले माओवादी गठबन्धन अन्योलमै रुमालिएको छ । नेकपा एमाले  भित्र टिकट वितरणमा बढेको असन्तुष्टिको कारण उनीहरुको सक्रियतामा कमी आएको छ । जसरी निर्वाचन प्रचारमा लाग्नु पर्ने त्यसरी उनीहरु खटिएका छैनन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि निवर्तमान पार्टी सभापति पृथ्वी बहादुर सिंहलाई उम्मेद्वार बनाएका छ । उनी बझाङ्ग जिल्लाका लोकप्रिय नेता हुन । प्रदेश सभाका लागि बझाङ्ग ‘क’ बाट निर्वतमान संसद चन्द्रा देवी जोशी र ‘ख’ बाट पूर्व राज्यमन्त्री नरेश बहादुर सिंहलाई उम्मेद्वार बनाएको छ । तीनै जना नेता व्यक्तित्व तथा नेतृत्व क्षमता भएका केन्द्रीयस्तरका नेता हुन् ।

पछिल्लो समयमा आएर नेपाली कांग्रेसका नेताहरु एक ढिक्का भएर चुनावी अभियानमा लागेका छन् । नेपाली कांग्रेसका नेता डा. सुरेश मल्ल, पूर्व जिल्ला सभापति चेतराज बज्याल, पूर्व पार्टी सभापति सत्यराज भण्डारी, युवा नेता जगतप्रसाद जोशी लगाएतका सबै नेताहरु पार्टीलाई निर्वाचनमा जिताउन लागि परेका छन् । जसले गर्दा बझाङ्ग कांग्रेसमय भएको छ ।

नेकपा एमाले तथा माओवादी भित्रको असन्तुष्टि अहिले पनि जहाँको त्यही छ । यो भुसको आगो जस्तै तल्लो तहका कार्यकर्तासम्म फैलिदै गइरहेको छ ।  जसको कारण नेता तथा कार्यकर्ता निस्कृय भएका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले टिकट वितरणप्रति औपचारिक 
रुपमा असहमती जनाएपछि विवाद छताछुल्ल भएको हो । 

नेकपा एमाललेको टिकट वितरण गर्दा प्रतिनिधि सभामा भैरब बहादुर सिंह र प्रदेश सभाका लागि ‘क’ बाट अर्जुन बहादुर  पथापालाई टिकट दिइएको छ । जसमा थापा भिम रावल नजिकका हुन भने सिंह माधव नेपाल नजिकका हुन । बझाङ्ग ‘ख’ मा भने माआवादी केन्द्रकी देवकी मल्ललाई उम्मेद्वार बनाएको छ ।

माओवादी भित्र पनि देवकी मल्ललाई टिकट दिएपछि विवाद भएको छ । जिल्लाका माथिल्लो तहका नेताहरुमा असन्तुष्ट देखिएका छन् । निवर्तमान संसद जनक बुढा, २०७० सालमा पार्टीको तर्फबाट उम्मेद्वार हरी कुवर तथा अन्य माओवादी नेताहरु पनि टिकट वितरणप्रति असन्तुष्ट रहेको एक श्रोतले जानकारी दियो।

विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभाका लागि मीन बहादुर सिंह उम्मेद्वार बनेका छन् । उनी नेकपा एमाले निकट नेताका रुपमा परिचित छन् । प्रदेश सभाका लागि बझाङ्ग ‘क’ बाट  मोहन बहादुर सिंह र ‘ख’ बाट रविन्द्र बमले उम्मेद्वारी दिएका छन् । सिंह र बम नेकपा एमाले अखिलको राजनीतिबाट आएका युवा नेता हुन् । तीनै जनाले एमालेबाट विवेकशील साझामा प्रवेश गरेका हुन् ।
यसरी समग्र राजनीतिक अवस्थालाई विश्लेषण गर्दा बझाङ्गमा नेपाली कांग्रेस बलियो देखिएको छ ।

  • १४ कार्तिक २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !