सेनाले दियो चेतावनी, निर्वाचन सुरक्षाको विषयमा सम्झौता हुन्न

आजभोलि

काठमाडौं  नेपाली सेनाले निर्वाचनको विषयमा कुनैपनि बहानामा शान्तिसुरक्षामा सम्झौता नहुने बताएको

सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले भयरहित निर्वाचन गराउन नेपाली सेना तयारी अवस्थामा रहेको बताए प्रवक्ता दाहालले भने, ‘हाम्रा फौजले पेट्रोलिङ सुरु गरिसकेका छन् निर्वाचन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं निष्पक्ष धाँधलीरहित निर्वाचन गराउन जस्तोसुकै सहयोग गर्न नेपाली सेना तयार रहेको दाहालको भनाइ थियो

नेपाली सेनाले प्रतिनिधि प्रदेशसभाको आसन्न निर्वाचन सुरक्षा चुनौतीलाई ख्याल गर्दै मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी समेत बढाएको

सुरक्षालाई दिष्टिगत गर्दै सेनाले नियमित पेट्रोलिङ समेत थालेको

स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल त्यस आसपास क्षेत्रमा पेट्रोलिङ थालेको हो निष्पक्ष भयरहित निर्वाचन गराउन सेनाले उपत्यकासहितका आठवटै पृतना कार्यालयलाई सक्रिय बनाएको

प्रतिनिधि प्रदेशसभाका लागि सेनाले ६४ हजार २० जना सैनिक खटाउने भएको सेनाले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर आवश्यक फौजलाई तैनाथ अवस्थामा राखेको

सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक जंगी अड्डामा यही बिहीबार शुक्रबार हुने बैठकमा आठवटै पृतानापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नेछन्

सेनाको सुरक्षा घेरामा मतपत्र छापिरहेको भने स्थानीय तहमा ती मतपत्र पुर्‍याउने जिम्मेवारीसमेत नेपाली सेनाले लिएको थियो मतदान केन्द्रमा तेस्रो सुरक्षा घेरामा रहने सेनाले मतपेटिका जिल्लासम्म लैजानेछ

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्न गत बुधबार सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी थिइन्

सेनाले संवेदनशीलताका आधारमा निर्वाचन इलाकामा रिमोट कन्ट्रोलसहितको बम डिस्पोजल टोली तैनाथ गर्नेछ कम संवेदनशील स्थानमा सेमी रिमोट कन्ट्रोलसहितको डिस्पोजल टोली सामान्य अवस्था ठानिएका मतदान केन्द्रमा सामान्य प्रकारको डिस्पोजल टोली खटिनेछन्

सेनाले निर्वाचनका बेला हुने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभरका विमानस्थल, कारागार, दूरसञ्चार टावर, ठूला जलविद्युत् आयोजना सार्वजनिक ओहोदामा बसेका विशिष्ट व्यक्तिलाई (भीभीआईपी) थप सुरक्षा उपलब्ध गराउने तयारी गरेको

कारागार, विमानस्थललगायत स्थानमा अहिले खटिएका प्रहरीलाई निर्वाचनमा पठाएपछि त्यहाँको सुरक्षाको जिम्मेवारीसमेत नेपाली सेनाले सम्हाल्नेछ सेनाले स्थानीय निर्वाचनका बेलासमेत विमानस्थललगायत संवेदनशील निकायमा सुरक्षा दिँदै आएको थियो निर्वाचनका बेला कारागार, विमानस्थललगायत स्थानमा खानतलासी गर्नुबाहेकका अन्य सुरक्षा सेनाले उपलब्ध गराउनेछ 

  • १५ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !