माओवादी मन्त्री काँग्रेस प्रवेशसँगै सर्लाही १ मा राजनीतिक तरंग उत्पन्न

आजभोलि

काठमाडौं । माओवादी केन्द्रका नेता तथा बहालबाला मन्त्री शम्भुलाल श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनको नेपाली काँग्रेस प्रवेशसँगै सर्लाही १ मा राजनीतिक तरंग उत्पन्न भएको छ ।

नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाललाई सर्लाही १ मा पराजीत गरेका उनी त्यस क्षेत्रमा हाल लोकप्रिय रहेका छन् । उनको पार्टी प्रवेशले सर्लाही १ मा नेपाली काँग्रेसको जीत सुनिश्चित भएको छ ।

मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा श्रेष्ठ सहितका माओवादी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए । श्रेष्ठलाई काँग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सर्लाही १ बाट टिकट समेत दिएको छ ।

सर्लाहीबाट २०७० सालको निर्वाचनमा झलनाथ खनाललाई हराउने श्रेष्ठलाई प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरे । उनले सर्लाही क्षेत्र नं १ बाट एमाले नेता खनाललाई झण्डै सात सय मतान्तरले पराजीत गराएका थिए । उनीसँगै जिल्लाका विभिन्न पार्टीका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । 

यसरी प्रवेश गर्नेमा उनी बाहेक पनि प्रेमहरि श्रेष्ठ, इन्द्र बहादुर योञ्जन, आदिमाया स्याङ्वा, रामप्रित चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णबीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की, लामा दोर्जे मोक्तान, राजु लामा, अभिसेक सुवेदी, यमुना श्रेष्ठ, सुरज डगौरा, उमा डरौला लगायत छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको संख्या दिन दिनै बढ्दो मात्रामा रहेको छ । मंगलबार मात्रै कैलालीका दुई सांसद् काँग्रेसमा प्रवेश गरेका थिए भने श्रेष्ठ सहित ३ सांसद् काँग्रेसमा प्रवेश गरेका छन् । 

  • १५ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !