कृपावादको आधारमा टिकट बाँडेको भन्दै कञ्चनपुर एमालेमा ब्यापक बिरोधः बिहीवारसम्म नसच्याए बाँगी उठ्ने चेतावनी

आजभोलि

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर । बाम गठवन्धनले कञ्चनपुर क्षेत्र नं। १ को ख प्रदेश सभाका लागि नेकपा एमालेबाट अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मर्यादा विष्टलाई उम्मेदवार बनाएको भन्दै गठवन्धनको उक्त निर्णय प्रति एमाले निकटकै केही कार्यकर्ता असन्तुष्ट भएका छन् । विगत लामो समय देखि पार्टीमा बढी खटिएका व्यक्तिहरुलाई लत्याउँदै पार्टीमा भर्खरै मात्र अनुहार देखिएका व्यक्तिलाई क्रृपावादका आधारमा उम्मेदवारीका लागि छनोट गरेको भन्दै केही कार्यकर्ता असन्तुष्ट भएका हुन् ।

बेल्डाँडी गाउँपालिकामा आफु समर्थकलाई भेला गराई नेकपा एमालेका जिल्ला कमिटि सदस्य राजेन्द्र प्रसाद जोशीले असन्तुष्ट पोख्दै पार्टी निर्णय विरुद्ध बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।  एमाले कञ्चनपुरको आफ्नै भागमा परेका सिटमा एमालेकै कार्यकर्ताले उम्मेदवारको विषयलाई लिएर असन्तृष्टी र विवाद सिर्जना गरेका छन् । एमाले नेतृत्वले लामो समयदेखि पार्टीमा आबद्ध संघर्षशिल नेताहरुको भावना विपरित टिकट दिएर गम्भिर त्रुटी गरेको असन्तुष्ट नेताहरुले टिप्पणी गरेका छन् ।

भेलामा बोल्ने सबै वक्ताहरुले योगदानको मूल्यांकन गर्नुपर्ने बताएका छन् । असन्तुष्टहरुको उक्त भेलाले नेकपा एमालेको स्थायी कमिटिले अन्यायपूर्ण निर्णय गरेको उल्लेख गर्दै यथाशिघ्र निर्णय सच्याई नेकपा एमालेका जिल्ला कमिटि सदस्य राजेन्द्र प्रसाद जोशीलाई नै टिकट दिनुपर्ने दबाब सृजना गरेको नेकपा एमाले बेल्डाँडी गाउँ कमिटि अध्यक्ष लक्ष्मण भाटले बताएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभाका लागि पहिलो नम्बरमा सिफारिस भएका एमाले नेता राजेन्द्र प्रसाद जोशीले स्थायी कमिटीले टिकट वितरणमा गम्भिर गल्ती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन समेत उनले पार्टीलाई आग्रह गरेका छन् । यसैबीच, कञ्चनपुर क्षेत्र नं। १ को क प्रदेश सभाका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशले समेत निर्णय गरी केन्द्रमा पठाएको सिफारिसलाई लत्याउँदै प्रतिनिधि सभाका लागि सिफारिस गरिएका व्यक्तिको मानमर्दन हुने गरी प्रदेश सभाको उम्मेदवार बनाउन गरिएको निर्णयप्रति असन्तुष्टी जनाउँदै पत्रकार सम्मेलन गरिएको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटको विषयलाई लिएर एमाले कञ्चनपुर भित्र चरम असन्तृष्टी देखिए पछि आज पुनर्वासमा पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर १ को क प्रदेश सभाका लागि सिफारिस भएका पूर्वसहायक मन्त्री लाल बहादुर विश्वकर्माले सिफारिस भएका बाहेकका व्यक्तिलाई टिकट दिएर पार्टी नीति, सिद्धान्त र पद्दती विपरित उम्मेदवार अघि सारेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनको आयोजना गरी पार्टी स्थायी कमिटीसमक्ष निर्णय सच्याउन माग गरेका छन् ।

बिहिबार बिहानसम्म निर्णय नसच्याईए बागी उम्मेदवारको रुपमा देखा पर्ने सम्मको उनले चेतावनी दिएका छन् । एमाले जिल्ला अध्यक्ष तारा लामा तामाङ्ग प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएका थिए । उनले कञ्चनपुर क्षेत्र नं। १ को प्रदेश सभा क का लागि टिकट पाएपछि एमाले कञ्चनपुर भित्रै खैलाबैला सिर्जना भएको हो ।

कञ्चनपुर क्षेत्र नं। ३ को क प्रदेश सभाका लागि कर्ण चन्दले बागी उम्मेद्वारी दिने घोषणा गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को क बाट उम्मेद्वार सिफारिसकै विषयमा असन्तृष्ट देखिएका नेता चन्दले कुनैपनि हालतमा उम्मेद्वारी दिने जिकिर गरेका छन् । एमालेको स्थायी कमिटिले निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क बाट एमाले नेता प्रकाश रावललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त क्षेत्रमा पनि एमाले भित्र चरम असन्तृष्टी रहेको देखिन्छ । नेता कर्ण चन्दले पार्टीको साँख जोगाउन भन्दै बागी उम्मेदवारी दिने घोषणा गरेका छन् ।

  • १५ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !