ओलीसँग डा. अधिकारी भिड्नेः ओलीलाई सजिलै हराउँछु-अधिकारी

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ बाट  डा. खगेन्द्र अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले रोजेको निर्वाचन क्षेत्रमा डा. अधिकारीले टकराव दिने भएका छन् । यस अघि युवा नेता विश्व प्रकाश शर्मालाई उठाउने भनिएपछि पछि उनलाई झापा क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनाएको छ ।

तीन दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका अधिकारी निकै लोकप्रिय युवा हुन् । विद्यार्थी राजनीतिबाट प्रध्यापनमा लागेका उनी नेपाली कांग्रेसका कांग्रेसको महासमिति सदस्य हुन् । उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्यको रुपमा रही काम गरिसकेको अनुभव समेत छ ।  ४३ वर्षिय अधिकारीले १७ वर्षदेखि प्राध्यपान पेशामा लाग्दै आएका छन् । प्रध्यापन पेशमा लागे पनि स्थानीय विकास तथा राजनीतिमा संलग्न हुँदै आएका थिए ।

निर्वाचनको बारेमा उनले भने म जनताको सेवक बन्न आएको हुँ । जनताले मलाई भोट दिनेछन् र ओली जीलाई सजिलै हराउँछु । लोकतन्त्र धरापमा परेको बेला आफ्नो पेशलाई छोडेर राजनीतमा आएको हुँ, उनले भने । मेरो लागि पेन्सीन तथा रोजगारी भन्दा लोकतनत्र ठूलो हो । र, यसको रक्षार्थ म राजनीतिको मैदानमा आएको हुँ ।

यस पटको झापा ५को निर्वाचन सबैका लागि चासोको विषय बनेको छ। बामगठबन्धने नेतृत्व गरेका ओलीसँग राजनीतिक बौद्धिकतामा खारिएका अधिकारी चुनावी मैदानमा छन् । अधिकारी उम्मेद्वारीसँगै झापामा कांग्रेस बलियो भएको स्थानीय नेता तथा कार्यकर्ताबीच चर्चा चल्न थालेको छ ।

  • १५ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !