हजारौ समर्थकका साथ थापाद्धारा उम्मेदवारी दर्ता

आजभोलि

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बिहीबार दिउँसो ३ बजेतिर पुगेर उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिनु भएको हो ।

बाबु आमाको आशीर्वाद लिएर उम्मेदवारी दर्ताका लागि घरबाट निस्कनु भएका थापा दर्ता गर्ने ठाँउ राष्ट्रिय सभागृह सम्म पुग्दा हजारौ समर्थकहरुको र्याली भएको थियो ।  नक्साल स्थीत नारायण चौरमा भेला भएका हजारौ समर्थहरु सहित उहाँ ज्ञानेश्वर, डिल्लीबजार, पुतलीसडक, बागबजार, शान्तिबाटिका, पुरानो बसपार्क हुदै राष्ट्रिय सभा गृह पुगेर उम्मेदबारी दर्ता गराउनु भएको हो ।

उम्मेदबारी दर्तागराउन आएका मध्ये सवै भन्दा ठुलो र्याली नेता थापाकै भएको दर्ताका लागि बसेका कर्मचारीहरुले बताएका थिए ।
उम्मेदवारी दर्ता गराउने क्रममा उहाँले आफूले ४ वर्ष अघि संविधान सभा सदस्यमा निर्वाचित भएपछिको जिम्मेबारी पुरा गरेर फेरी नयाँजिम्मेबारीका लागि उम्मेदबारी दिएको बताउनु भयो ।

नेता थापाले अघिल्लो कार्यकालमा आफुले सक्दो राम्रो र लोकतान्त्रीक संविधान बनाउन प्रभावकारी भूमीका खेलेको बताउदै विकास निर्माणका काम पनि धेरै गर्न भ्याएको र केही पुरा हुन बाँकी कामलाई अवको कार्यकालमा पुरा गर्ने अठोट व्यक्त गर्नुभयो ।
उहाँले आउदो कार्यकाल देशभरीका सवैलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा समान रुपले उपलब्ध गराउने व्यवस्थाका लागि र बस्नलायक काठमाडौ बनाउने अभियानमा केन्द्रीत गर्ने बताउनु भयो ।

यसअघि दोब्बर भन्दा बढी मत अन्तरले बिजयी हुनु भएका थापाले अहिले पनि मतदाताले आफुलाई नै गौरबका साथ रोज्ने विश्वास व्यक्त गर्नुभयो । यसअघिको चुनावमा उनले माओवादी केन्द्रका नेता एवं हालका उपराष्ट्रपति नन्दकिशोर पुन लगायतलाई पराजित गर्नुभएको थियो । अहिले भने भैसेपाटीमा अपार्टमेन्ट लिएर बस्दै आएका एमाले नेता राजन भट्टराईले नेता थापासँग प्रतिश्पर्धा गर्नुहुने भएको छ ।

यसअघि समानुपातिकबाट सांसद रहेका भट्टराई क्षेत्र नं. चारका लागि थापा भन्दा निकै कम परिचित र निर्वाचन क्षेत्रमा काम देखिने नेता गरेको स्थानीयहरु बताउछन् ।

  • १६ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !