कहाँ कहाँ पर्यो बागी उम्मेदवारी

आजभोलि

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको १ सय ५८ सिटमा निर्वाचनका लागि आज बिहीबार ५ सय २२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभा सदस्यको २ सय ५६ सिटका लागि लागि ८ सय ८३ जनाको उम्मेदवारी परेको छ ।

आज भएको मनोनयनका क्रममा सबै दलकाका शिर्ष नेताविरूद्द बागी उम्मेदवारी परेका छ ।

तनहुँ– १ मा नेपाली का‌ंग्रेसका नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

काठमाडौं– २ मा एमाले नेता माधवकुमार नेपालविरुद्ध जिल्ला कमिटि सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । सप्तरी–२ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका महामन्त्री जयप्रकाश ठाकुर उम्मेदवारी मनोनयन गराएका छन् । महोत्तरी–३ मा राजपा नेता महन्थ ठाकुरविरुद्ध विजयी चन्देश्वर झाले बागी उम्मेदवारी दिएका छन् । झा एक महिना अघि राजपा प्रवेश गरेका थिए। 

रौतहट–१ मा राजपाका अनिल झाविरुद्ध संघीय समाजवादी फोरमका बबन सिंहले बागी उम्मेदवारी दिएका छन् । दाङ ३ मा एमालेका हिराचन्द्र केसीविरुद्ध हालै एमाले प्रवेश गरेकी कोमल ओलीले उम्मेदवारी दिएकी छन्।

सिन्धुली–२ मा माओवादीका हरिवोल गजुरेलविरुद्ध किसान संघका उपाध्यक्ष रामकुमार पोखरेलले बागी उम्मेदवारी दिएका छन् । सल्यानमा माओवादीका टेकबहादुर वस्नेतविरुद्ध माओवादीकै भीमप्रकाश शर्मा चुनावी मैदानमा उत्रिएका छन् । कैलाली–५ मा कांग्रेसका डा.आरजु राणा देउवाविरुद्ध नेविसंघका क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् । 

  • १६ कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !