काँग्रेसका बागी उम्मेदवार जोशीको उम्मेदवारी खारेज हुने

आजभोलि

काठमाडौं । तनहुँ १ बाट बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी धरापमा पर्ने भएको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका जोशीको उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविदहरुले जिकिर गरेका छन् ।

अधिवक्ता लेखनाथ निरौलाले भ्रष्टाचारी ठहर भएकोले जोशीको उम्मेदवारी कानुन अनुसार रद्द हुनुपर्ने बताउँछन् । अधिवक्ता निरौलाले भने प्रतिनिधसभा सदस्य निर्वाचन एेन अनुसार जोशीको उम्मेदवारी गैरकानुनी छ ।

प्रतिनिधसभा सदस्य बन्नको लागि भ्रष्टाचारको अभियोग नलागेको व्यक्ती हुनुपर्ने व्यवस्था प्रतिनिधसभा सदस्य एेनमा उल्लेख छ ।

जोशीले बिहीबार तनहुँ–१ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस क्षेत्रमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आफूले नपाएपछि जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

  • १७ कार्तिक २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !