मिटर ब्याज प्रकरण नवराज सिलवाललाई भारी पर्दै

आजभोलि

ललितपुर। एमालेबाट ललितपुर १ मा उम्मेदवारी दिएका पूर्व डीआइजी नवराज सिलवाललाइ निर्वाचन जित्नु फलामको चिउरा चपाउन सरह हुने भएको छ । मिटर व्याज प्रकरण निर्वाचनको समयमा प्रमुख मुद्दाको रूपमा अगाडि आएको छ ।

आफूलाई मिटर व्याजलगाएर सिलवालले घर न घाटको बनाएको भन्दै गुणबहादुर थापाले सिलवालको विरूद्ध उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तासँग थापाले भने ‘मेरो उम्मेदवारी सिलवालको विरुद्ध हो । उनले मलाई मिटर व्याजलगाएको घरनघाटको बनाए ।’

प्रहरीमा हुँदा ज्यादती गरेर मलाई घर न घाटको बनाउनेले चुनाव जीतेर सत्तामा आए के गर्दा होलान उनले मनोनयन दर्ता पछि बताए।

सिलवालले न्याकालागि आफूले उम्मेदवारी दिएको बताइरहँदा गुणबहादुर थापाको उम्मेदवारीले निर्वाचन पेचिले बन्ने भएको छ । आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोप सहित जनताबाट न्याय पाउने आस गर्दै थापा आफ्नो उम्मेदवारी दिएको बताउँछन्।

उनले शक्तिको दुरुपयोग गर्नेलाई ललितपुरका आम मतदाताले दण्डित गर्ने विश्वास राखे।

प्रहरीको डीआइजीबाटै जागिर छोडेर एमालेको राजनीतिमा होमिएका नवराज सिलवाल ललितपुर  क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका हुने । उनीसँगै नेपाली काँग्रेसका नेता तथा अर्थराज्यमन्त्री उदयशसशेर राणा उमेद्वार भएका छन्।

  • १७ कार्तिक २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !