७ नम्बरको प्रदेशको मुख्यमन्त्रीमा सिंहको सम्भावना बलियो

आजभोलि

काठमाडौं । प्रदेश नम्बरको ७ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका युवा नेता नरेश बहादुर सिंहको मुख्य दाबेदार मानिएको छ । अरु जिल्लाका उम्मेद्वार भन्दा उनी बलिया र सक्षम रहेका छन् । बझाङ्ग को ख बाट प्रदेश सभाका उम्मेद्वार बनेका सिंह प्रदेश नम्बर ७ मा अनुभवी नेता हुन् । उनले निर्वाचित भएमा उनी मुख्यमन्त्रीका सबै भन्दा बलिया उम्मेद्वार मानिएका छन् ।

यस अघि उनी केन्द्रीय राज्यमन्त्री भइसकेका छन् । बझाङ्गमा युवा लोकप्रिय नेताका रुपमा परिचित सिंह स्थापित नेता हुन् । बझाङ्ग ख कांग्रेसको बलियो क्षेत्र हो । यस अघि लोकराज जोशी र डा. सुरेश मल्ल अत्याधिक मतले विजय भएका थिए ।

२०७0 सालको निर्वाचनमा पनि संविधान सभाको निर्वाचनमा सिंह झिनो मतान्तरले पराजित भएका थिए । त्यस बेला नेपाली कांग्रेसका पूर्व सभापति सत्यराज भण्डारी बागी उम्मेद्वार बनेका थिए । जसको कारण सिंह पराजित भएका थिए ।

अहिले प्रदेश सभाको निर्वाचनमा उनको सम्भवना निकै बलियो रहेको छ । बामगठबन्धनबाट माओवादी केन्द्रकी देवकी मल्ल उम्मेद्वार बनेपछि झन उनको सम्भावना बढेको छ । कमजोर उम्मेद्वार मानिएकी मल्लका सामु कांग्रेसका सिंह राजनीतिक रुपमा निकै बलिया मानिएका छन् ।

  • १७ कार्तिक २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !