शहीद पत्नी जोशी बझाङ्गमा वामगठबन्धनसँगै भिड्दैः बढ्दैछ चुनावी सरगर्मी

आजभोलि

काठमाडौं । बझाङ्गमा मंसिर १० गते हुने निर्वाचनका लागि प्रदेश सभाको लागि बझाङ्ग क बाट नेपाली कांग्रेसका निवर्तमान संसद् चन्द्रा देवी जोशीले उम्मेद्वारी दिएका छन् । बझाङ्गबाट चुनाव लड्ने उनी पहिलो महिला उम्मेद्वार हुन् । निवर्तमान संसद् जोशी नेपाली कांग्रेसको तर्फबाट वामगठबन्धनसँग चुनावी प्रतिस्प्रर्धामा रहेकी छन् ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा जोशी नेपाली कांग्रेसको तर्फबाट शहीद परिवारबाट समानुपातिक सभासदमा मनोनित भएका हुन् । उनका श्रीमानलाई तत्कालिन माओवादीले नेपाली कांग्रेस भएको आरोपमा हत्या गरेका थिए । अहिले जोशी जसले आफ्नो लोग्नेको हत्या गरेको त्यही पार्टीको गठबन्धसँग चुनावी मैदानमा छन् । उनी राजनीतिक परिवर्तन तथा द्वन्द्वकालिन पीडाको बदला लिनका लागि लडीरहेकी छन् ।

जोशी सुदूरपश्चिमकै पभावशाली महिला नेतृ हुन् । संविधानसभामा उनले ५ वर्षको अवधिमा संविधान निर्माण, बझाङ्गमा शिक्षा, बाटोघाटो तथा विकासको लागि ठूलो योगदान दिएको एक स्थानीय बासिन्दाले बताए । संसद्मा रहँदा उनले महिला, पछाडि परेको क्षेत्र तथा विकास मुद्दामा प्रभावकारी भूमिका निर्वाह गरेको थियो ।

चुनाव जति नजिकिदैछ, उनको लोकप्रियता त्यति नै बढ्दै गइरहेको छ । बझाङ्गमा घरदैलो कार्यक्रममा व्यस्त जोशीले स्थानी बासिन्दाद्वारा न्यानो माया तथा समर्थन बटुल्दै अघि बढीरहेकी छन् । जसको कारण बामगठबन्धन उनका सामु कमजोर हुँदै गइरहेको छ ।

उनसँग वामगठबन्धनका अर्जुन बहादुर थापा प्रतिस्प्रर्धामा छन् । भीम रावल नजिक मानिएका थापाको उम्मेदे्वारीप्रति एमालेका अरु नेता असन्तुष्ट रहेको एक गोप्य श्रोतले बतायो । जसको कारण थापा कमजोर हुँदै गइरहेको ठम्याइ रहेको छ ।

  • १८ कार्तिक २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !