कार्तिक २० गतेदेखि नेविसंघको चुनावी अभियान शुरुः एक बुथ ५० युथ

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च भएको भन्दै देशव्यापी अभियान थाल्ने भएको छ।

गतअसोज ३१ गते देशभरका क्याम्पस इकार्इ स्ववियू सभापति, क्षेत्रिय, जिल्ला अध्यक्ष, निवर्तमान केन्द्रीय समिति, वर्तमान केन्द्रीय समिति र अन्य अगुवा कार्यकर्ता गरी १५ सय भन्दा बढी सहभागि गराएर राष्ट्रिय रणनीतिक प्रशिक्षणको आयोजना गरेको थियो। उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शीर्ष नेताहरुले कम्यूनिष्ट प्रजातन्त्र विरोधी भएकाले लोकतन्त्रको संरक्षण र स्वतन्त्रताका लागि देशभर नै हरेक जनताको घरदैलो पुगेर कम्यूनिष्ट प्रवृत्तिको भण्डाफोर गर्न विद्यार्थी नेताहरुलार्इ निर्देशन दिएका थिए। उनीहरुले प्रजातन्त्रको रक्षार्थ कांग्रेसलार्इ जिताउन अभियान सञ्चालन गर्न दिएको निर्देशन अनुसार नेविसंघले चार लाख युवाहरुलार्इ निर्वाचनमा परिचालन गर्न लागेको हो।

देशभरका सबै स्थानीय तह, ३ सय ३० प्रदेश सभा र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रचार प्रसार तथा चुनाव परिचालन कमिटी र जिल्ला क्याम्पसमासमेत प्रचार कमिटी गठन गरेर कांग्रेसका पक्षमा जनमत बनाउन अभियान सुरु गर्न लागेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

कात्तिक २० गतेदेखि सुरु हुने अभियानका लागि सम्बन्धित जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरु र खाली ८ जिल्लामा सम्बन्धित प्रदेशको उपाध्यक्ष र सहमहामन्त्रीलार्इ संयुक्तरुपमा केन्द्रीय प्रतिनिधिका रुपमा पठाइएको संघका अध्यक्ष महरले जानकारी दिए।

केन्द्रीय प्रतिनिधिले सम्बन्धित क्षेत्रका कांग्रेसका उम्मेदवारको समन्वयमा प्रचार कमिटी गठन गर्ने र हरेक चुनावी गतिविधिहरुबारे पार्टी र नेविसंघको केन्द्रीय कार्यालयलार्इ जानकारी गराउनुपर्ने व्यवस्था गरिएको संघका मुख्यसचिव डिल्लीराज हमालले बताए।
उनका अनुसार प्रत्येक बुथमा ५० युवा स्वयमसेवी खटिने छन्।

 

  • १८ कार्तिक २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !