अन्तत : टुट्यो बाम गठबन्धन

आजभोलि

भक्तपुर  नेकपा एमाले माओवादी केन्द्रबीचको गठबन्धन टुटेको अन्तत : टुटेको  माओवादी केन्द्र भक्तपुरले एमालेसँगको गठबन्धन टुटेको बताएको

भक्तपुर क्षेत्र नं को प्रदेशसभाको मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो  

बाम गठबन्धनको तर्फबाट सो प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गराएका थिए तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो एमालेका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको भन्दै माओवादी केन्द्रले गठबन्धन टुटेको घोषणा गरेको हो

एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको थियो उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन्।

एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए।

आइतबार एमालेको तर्फबाट बागी उम्मेदवारी फिर्ता नभएकाले हामीले गठबन्धन टुटेको घोषणा गरेका छौं’, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य सुनिल गोठेले भने, ‘एमालेले षडयन्त्र गर्‍यो।


यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ। एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं को प्रदेश मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका छन्।

  • १९ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या