समानुपातिकमा बझाङ्गबाट प्रतिनिधि सभामा स्नेही र प्रदेशमा गुरुधामी र पुजारा

आजभोलि

काठमाडौं । बझाङ्गबाट समानुपातिक निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा युवा नेता प्रकाश रसाइली स्नेही र प्रदेश सभाका लागि प्रताप गुर्धामी र शान्ति पुजारा उम्मेद्वार बनेका छन् । तीनै जना नेपाली कांग्रेसबाट समानुपातिक प्रणाली अन्तरगत उम्म्द्वार बनेका छन् ।

सकामनुपातिक अन्तरगत प्रतिनिधि सभाका लागि उम्मेद्वार बनेका प्रकाश स्नेही युवा नेता हुन् । उनी लगभग ३ दशकदेखि नेपाली कांग्रेसको नेतृत्वमा तहमा काम गर्दै आइरहेका छन् । उनी बझाङ्गमा युवा माँझ निकै लोकप्रिय नेता हुन् । यसअघि उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुँदै नेपाल दलित संघको केन्द्रीय महासचिव बनी सकेका छन् । संगठनमा निकै बलियो पकड राख्ने स्नेही नेपाली कांग्रेसको लगातार महाधिवेशन प्रतिनिधि बनी सकेका छन् । उनी समानुपातिक निर्वाचनमा नोपली कांग्रेसको तर्फबाट संसद निर्वाचित हुने निकै बलियो सम्भावना रहेको छ ।

प्रदेश सभाका लागि उम्मेद्वार बनेका प्रताप गुर्धामी नेपाल तरुण दलको उपाध्यक्ष भइसकेका छन् । त्यस्तै शान्ति पुजारा महिला नेतृ हुन् । प्रदेश सभामा निर्वाचित हुने सम्भावना दुबैको उत्तिक्कै बढी छ ।

  • १९ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !