बझाङ्गमा कांग्रेसले वाम गठबन्धनलाइ परास्त गर्छ – डा. सुरेस मल्ल

आजभोलि

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकै जाँदा चुनावी सरगार्मी बढेको छ । पहिलो चरणमा सम्मपन्न हुने निर्वाचनका लागि बझाङ्गमा पनि चुनावी रौनकता छाएको छ । वाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको बझाङ्गमा घरदैलो तथा आमसभाले नेता कार्यकर्ता व्यस्तता बढेको छ ।

बझाङ्गको चुनावी माहोलको बारेमा नेपाली कांग्रेसको नेता तथा पूर्व मन्त्री डा. सुरेस मल्लले आजभोलिसँग कुराकानी गर्दै भने, बझाङ्गमा नेपाली कांग्रेस एक ढिक्का छ । र, हामी अधिनायकवादको बिरुद्धमा लडिरहेका छौ । यो लोकतन्त्र बचाउने निर्वाचन भएकाले सबै कांग्रेसीजनहरु एकताबद्ध भएर निर्वाचनमा होमिएका छौं, यसकारण बझाङ्गमा हामी जित्नेमा ढुक्क छौं ।

डा. मल्लले भने, कांग्रेस लोकतन्त्र बचाउने अभियानमा छ । फेरी पनि लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र मौलिक अधिकार खतरामा पर्दै छन् । यसको रक्षाका लागि कांग्रेस चुनावमा होमिएका छ । र, सबै जनतालाई कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु । बझाङ्गी जनता लोकतन्त्रको पक्षमा भएकाले लोकतन्त्रको पक्षमा अधिनायकवाद कम्युनिष्टको विपक्षमा आफ्नो मत हाल्नेमा आफू ढुक्क रहेको उनले बताए ।

बझाङ्गको विकास तथा सम्बृद्धिको नेतृत्व नेपाली कांग्रेसले गरेको हो, डा. मल्लले भने । म राष्ट्रिय सभा तथा प्रतिनिधि सभामा हुँदा खोड्पे बझाङ्ग सडक, सिडएिमए टोलिफोन जडान, जिल्ला अस्पतालमा आधुनिक मेसिनको प्रबन्ध र नदीहरु पुल हाल्ने कार्य भएको हो । दुर्गमा गाउँमा स्वास्थ्य चौकीको स्थापना, सुनकुडा, बुंगल लगायतका ठाउामा क्याम्पसको स्थापना, मोवाइलको टावर निर्माण र दश प्लस दुइ स्कुलको स्थापना लगाएतका विकास कार्य मेरै नेतृत्वमा भएको उनले बताए । अझ बझाङ्गलाई सम्बृद्ध र विकसित बनाउनका लागि नेपाली कांग्रेसलाई जिताउनु पर्ने उनको जिकीर रहेको छ ।

वामगठबन्धनप्रति जनताको विश्वास छैन् । उनीहरुले वारम्बार बझाङ्गी जनतालाई धोका दिएको कारण जनताले उनीहरुलाई मत नदिने भन्दै डा. मल्लले भने, बझाङ्गी जनता विवेकी छन्, न्यायप्रेमी छन्, यसकारण यो पटक पनि बझाङ्गी जनताले नेपाली कांग्रेसलाई जिताउनेमा आफू ढुक्क रहेको बताए ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभाका सबै उम्मेद्वार योग्य, सक्षम, क्षमतावान तथा अनुभवी भएकाले जीत सुनिश्चित रहेको डा. मल्लले बताएका छन् ।

डा. मल्ल २०३४ सालदेखि निरन्तर नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आइरहेका छन् । २०४८ सालमा राष्ट्रिय सभामा र २०५६ सालमा बझाङ्गबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । स्थानीय विकास तथा भौतिक योजना मन्त्री भइसकेका डा. मल्ल बझाङ्गका सिनियर नेता हुन् ।

 

  • २५ कार्तिक २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !