एसीसी क्रिकेटमा नेपालको शानदार जीतः भारत १९ रनले पराजित

आजभोलि

काठमाडौं । आइतबार मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । उक्त खेलमा भारत नेपालसँग १९ रनले पराजित भएको थियो ।

टस जितेर भारतले क्षेत्ररक्षण रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंहले सर्वाधिक ८८ रन बनाए । त्यसैगरी जितेन्द्र सिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८ ओभर एक बलमा सबै विकेट गुमाउँदै १६६ रनमात्र बनाउन सक्यो ।

ब्याटिङमा राम्रो प्रदर्शन गरेका दीपेन्द्र सिंहले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण चार विकेट लिए । त्यस्तै पवल सर्राफ र शहाब आलमले दुईरदुई विकेट लिए भने कमल सिंह र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

जितसँगै नेपालको सेमिफाइनल यात्राको सम्भावना कायमै रहेको छ । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

 

  • २६ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !