गच्छदारको कमाल: जिसस तथा गाउँपालिका प्रमुख सहित दुई दर्जन जनप्रतिनिधि नेपाली कांग्रेसमा प्रवेश

आजभोलि

परासी । निर्वाचनको माहोल तातीरहेको समयमा जिल्ला समन्वय समिति परासीका उपप्रमुख तथा गाउँपालिकाका अध्यक्षसहित ११ जना जनप्रतिनिधिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यसले नवलपरासीमा कांग्रेसलाई अझ बलियो बनाएको स्थानीय नेताहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा जिसस उपप्रमुख अब्दुर रहमान चुरिहार र गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीसहितका वडाअध्यक्ष र सदस्यहरु फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कार्यवाहक जिल्ला अध्यक्ष अर्जुनकुमार पोखरेलले पार्टीमा प्रवेश गराएका हुन् । उनी सहित ४१ सदस्यीय जिल्ला समिति रहेको लोकतान्त्रिकका जिल्ला अध्यक्षसहित ३२ बढी जिल्ला सदस्यहरु कांग्रेसमा गएको जिल्ला सचिव गजानन्द पटेलले जानकारी दिए । फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष बिजय कुमार गच्छदार नेपाली कांग्रेसमा समायोजन भएको थियो ।

 

  • २६ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !