ओखलढुंगामा कांग्रेसको दबदबाः रामहरीको लोकप्रियताले वामगठबन्धन धरापमा

आजभोलि

पूर्वाञ्चल ब्यूरो । यही मंसिर १० गते हुने निर्वाचनका लागि पूर्वी नेपालको ओखलढुंगा जिल्लामा चुनावी रौनकता बढेको छ । कांग्रेसको बलियो पकड मानिएको यस जिल्लामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । प्रदेश नम्बर १ को पहाडी जिल्ला मध्ये नेपाली कांग्रेसले जिसस जितेको एक मात्र जिल्ला हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पनि यो जिल्ला कांग्रेसमय बन्नेमा शंका छैन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाको लागि युवा लोकप्रिय नेता रामहरी खतिवडालाई उम्मेद्वार बनाएको छ । उनी निवर्तमान संसद पनि हुन् । त्यस्तै प्रदेश सभाको लागि क बाट मित्रसेन दाहाल र ख बाट जिल्ला सभापति प्रदिप सुनुवारलाई उम्मेद्वार बनाएको छ । तीनै जना नेता जिल्लामा प्रभाव भएका तथा लोकप्रिय नेताको रुपमा परिचित छन् ।

२०७० को संविधान सभाको निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित संसद रामहरी खतिवडा नेपाली कांग्रेसका केन्द्रीय युवा नेता हुन् । उनले संविधान निर्माण तथा जनसरोकारका विषयमा संविधान सभामा निरन्तर नेपाली कांग्रेसको तर्फबाट आवाज उठाएका थिए । र, लगातार जनताको पक्षमा बोली रहे । जसले उनको लोकप्रियता देश भरी फैलियो ।

देशमा भूकम्प गएपछि ओखलढुंगामा राहत वितरण तथा पुर्ननिर्माणमा ठूलो अभियान संचालन गरे । उनले सरकारसँग लडाइ लडेर ओखलढुंगालाई भूकम्प प्रभावित जिल्ला घोषणा गरे । जसको कारण त्यहाँका जनताले राहत तथा क्षतिपूर्ति पाएका थिए । उनी संसद हुँदा अन्य विकासका कार्यहरु पनि सम्पन्न गरेका छन् । सुनकोशी पूल निर्माण, मोल्लुङ करिडोर निर्माण, जिल्लामा १ सय २५ केबी केन्द्रीय प्रसारण लाइनको विस्तार लगायतका योजना उनकै नेतृत्वमा भएका छन् । जसले यस जिल्लालाई विकासको युगमा प्रवेश गराएको छ ।

जनतासँगै हातेमालो गर्ने र जिल्लाका हरेक क्षेत्रमा सहयोग गरेको कारण उनी अहिले पनि जित्ने पक्कापक्की रहेको छ । पार्टीगत भन्दा पनि सबैको साझा उम्मेद्वारको रुपमा चिनिएका खतिवडा नेपाली कांग्रेसको आन्तरिक रिपोटिङ्गमा पनि जित्नेमा १ नम्बरमा रहेका छन् ।

प्रदेश सभाका उम्मेद्वार मित्रसेन दाहाल पनि बलिया उम्मेद्वारको रुपमा रहेका छन् । जिल्लाका समाजसेवी तथा पुराना नेताको रुपमा रहेका उनी आफ्नो प्रतिस्प्रधि भन्दा निकै प्रभावशाली नेताको रुपमा रहेका छन् ।

प्रदेश सभाका अर्का उम्मेद्वार प्रदिप सुनुवार हुन् । उनी लगातार २ पटक जिल्लाको पार्टी सभापति बनी सकेका छन् । जिल्लाको संगठनमा निकै बलियो सुनुवार जनतामा पनि त्यतिकै लोकप्रिय रहेका छन् । जिल्लामा बसेर विकासका योजना तथा जनसरोकारका विषयमा सहयोग गरेको कारण उनी स्थानीय जनताको रोजाई बनेका छन् ।

यसरी ओखलढुंगमा नेपाली कांग्रेसले जीत हासिल पार्ने सम्भावना दिनानुदिन बढ्दै गइरहेको छ ।

  • २६ कार्तिक २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !