म सुदूरपश्चिमको सहयोगमा प्रधामन्त्री भएकाले मसँग लड्ने झगडा गर्ने हक तपाईसित छ-प्रधानमन्त्री देउवा

आजभोलि

म सुदूरपश्चिमको सहयोगमा प्रधामन्त्री भएकाले मसँग लड्ने झगडा गर्ने हक तपाईसित छ-प्रधानमन्त्री देउवा

कैलाली । सुदूरपश्चिमको चुनावी दौडाहमा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भएको हुँ । यसकारण मसँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ । प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी–महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गर्दै “म सुदूरपश्चिमकै बासिन्दा भएकाले मेरो हात बलियो बनाउन सहयोग गर्नुहोस” उनले आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताएका छन् । देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताए ।

कैलाली निर्वाचन क्षेत्र नं. २ को लम्कीमा आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन उनले बताए ।

कैलाली क्षेत्र नं. १ बाट काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले हरेक आन्दोलनको सफल नेतृत्व गरेको काँग्रेसबाट मात्र देशको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गरेका छन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका मोहनसिंह राठौरले लोकतान्त्रिक गठबन्धन बनेसँगै आफूहरुको विजय सुनिश्चित भइसकेको बताए । एमालेका निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका राठौर टिकट वितरणका क्रममा तीन हप्ताअघि मात्र काँग्रेसमा प्रवेश गरेका थिए ।

सभामा नेकपा एमाले र ९माओवादी केन्द्र०का स्थानीय नेता तथा कार्यकतालाई सभापति देउवाले पार्टी प्रवेश गरेपछि टिका लगाएका थिए ।

 

  • २९ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !