जहिले पनि कञ्चनपुरको विकासमा सक्दो प्रयास गरिरहनेछु-पूर्वमन्त्री साउद

आजभोलि

कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताएका छन् ।

मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उहाँले निर्वाचनमा नेपाली काँगे्रस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताउनुभयो । लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उहाँले बताए ।
मन्त्री हुँदा र नहुँदा पनि कञ्चनपुरको विकासका लागि सक्दो प्रयत्न गरेको र अझै यसलाई निरन्तरता दिन लागिपर्ने उहाँले बताए ।

शुक्लाफाँटा नगरपालिकाको मणिकाधामदेखि भीमदत्तनगरपालिकाको ब्रह्मदेवसम्म धार्मिक पदमार्ग निर्माणका लागि कार्य अगाडि बढाइएको उहाँले बताए । आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि यस पदमार्गले निकै मद्दत पु¥याउने उहाँको भनाइ रहेको थियो । लोकतान्त्रिक गठबन्धनका नेता विनोद विष्टले वैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको चर्चा गर्दै यसै कारणले नेपाली काँग्रेसलाई साथ दिएको बताए ।

  • २९ कार्तिक २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !