रामशरण महतलाई लक्षित गरी बम प्रहार, चार जना घाइते

आजभोलि

नुवाकोट : नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा केहीबेरअघि बम प्रहार गरिएको हो ।
बम प्रहार हुँदा कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर गम्भीर घाइते भएको प्रमुखु जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

  • १ मंसिर २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या