विप्लव माओवादीद्वारा नुवकोटमा कांग्रेसको प्रचार टोलीमाथि आक्रमणः आधा दर्जन घाइते

आजभोलि

नुवाकोट । नेपाली काँग्रेसका नेता डा. रामशरण महत सवार गाडिलाई लक्षित गरी आततायी आक्रमण गरिएको छ । नुवाकोट ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा बमको धराप विस्फोट गराइएको हो । नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका उम्मेदवार महत र प्रदेश नं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको हो ।

विस्फोटमा परि पाँच जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । उम्मेदवार चढेको गाडी क्रस भइसकेकाले कुनै क्षति हुन पाएन । चुनावी प्रचार अभियानको क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेको समयमा ककनी गाँउपालिका वडा नं ५ काउलेथानामा शुक्रबार बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराएको प्रदेससभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए ।

बम विस्फोटबाट काँग्रेसका कार्यकर्ताहरु उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सबिन लामा, रमेश राई लगायत घाइते भएका छन् । शरिरको विभिन्न भागमा चोट लागेकाले घाइतेलाई हेलिकोप्टरबाट ल्याएर काठमाडौमा उपचार भइरहेको छ । उम्मेदवार महतद्वय चढेको बा १४ च ७०४१ नं. को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराएको भए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा १६ च ६६५ नं गाडी धरापमा परेको थियो । विस्फोटबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । बम विस्फोटको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

  • १ मंसिर २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !