माथिल्लो तामाकोशीको सुरूङको ‘ब्रेक थ्रू’ आइतबार

आजभोलि

काठमाडौं । राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ हुने भएको छ । दोलखा जिल्लामा निर्माणाधीन ४ सय ५६ मेगावाटको यस आयोजनाको सुरुङको लम्बाई आठ दशमलब दुई किलोमिटर रहेको छ ।

आयोजनाको सिभिभलतर्फको काम ९० प्रतिशत सकिएको छ । आयोजनका प्रमुख विज्ञान श्रेष्ठका अनुसार इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ । त्यसैगरी खाँडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ ।

श्रेष्ठका अनुसार अहिले विद्युतगृह जडानको काम अगाडि बढेको छ । उनका अनुसार टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ ।

प्रसारणलाइनका लागि चाहिने १ सय ४७ वटा पोलमध्ये १६ वटा मात्र निर्माण गर्न बाँकी छ ।

आगामी असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्ने छ ।

३५ अर्ब ३० करोड रुपैयाँ लागत रहेको यस आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको र राष्ट्रिय बीमा संस्थानको समान २ २ अर्ब रुपैयाँ लगानी छ ।

त्यसबाहेक मन्त्रिपरिषदले चैत ०६६ मा उक्त आयोजनाका लागि ११ अर्ब आठ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको थियो । विनासकारी भूकम्प र भारतको नाकाबन्दीका कारण उक्त आयोजना करिब दुई वर्ष पछाडि धकेलिएको हो ।

  • २ मंसिर २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !