रसुवा । रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित आज एक जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याईएको १७ केजी सुन बा ११ च ७९ १८ नम्बरको जीपसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको हो ।
फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाले जानकारी दिए । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा गाडीबाट सुन बरामद गरिएको थापाले बताए ।
गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । सुन र गाडी कसको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।