नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

आजभोलि

प्रकाश अधिकारी
भानु । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।
करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार साधानको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जादै थिए ।

त्यसैगरी रौतहट चन्द्रनिगाहपुरमा शनिबार अपरान्ह भएको वम विस्फोटमा परि ९ जना घाईते भएका छन भने ३ को अवस्था गम्भीर रहेको छ । वाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरि गराइएको वम विस्फोट कस्ले गराएको हो भन्ने बारेमा खुल्न सकेको छैन ।

चन्द्रनिगाहरपुरको राधाकृष्ण मन्दिर नजिक आयोजित वाम गठबन्धनको कार्यक्रम समापन भएर चिया खाजा खाँदै गर्दा विस्फोट भएको बताइएको छ । प्रहरीका अनुसार टाइम बम विस्फोट गराइएको हो । घाईतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । बम विस्फोट पछि घटनास्थल नेपाली सेनाको नियन्त्रणमा रहेको छ ।

  • २ मंसिर २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !