ललितपुरको आर्थिक सम्बृद्धि मेरो चुनावी एजेण्डा-अमात्य

आजभोलि

आगामी प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कांग्रेस ललितपुर जिल्लाका पार्टी सभापति एवं निवर्तमान सांसद मदन बहादुर अमात्य पुन चुनावी मैदानमा उत्रिएका छन् । मकवानपुर जिल्लामा जन्मिएर ललितपुर जिल्लामा विधार्थी जीवनकालदेखि नै राजनीतिमा होमिएका अमात्य राजनीति भन्दा बढी समाजसेवामा सक्रिए देखिन्छन् । अप्ठेरोमा परेका जो कोहीलाई पनि खुल्ला मनले सहयोग गर्ने उनी स्थानीय स्तरमा निकै रुचाइएका नेता हुन् । ललितपुर ३ नं। क्षेत्रमा उनलाई कांग्रेस नेता भन्दा बढी सामाजिक अभियान्ताको रुपमा जनताले लिने गरेका छन् । उनको यही स्वभाव र बानी व्यवहारका कारणले २०७० सालको निर्वाचनमा ३ वटै क्षेत्र कांग्रेसमय बनाएका उनी अहिले पनि तिनै क्षेत्रमा कांग्रेस अत्याधिक मतले जित्ने दावी गर्छन ।

ललितपुर ३ नं मा तपाई नै किन ?
ललितपुरका जनता धेरै चेतनशील र उर्जाशील छन् । यस स्थानमा बुद्धिजिविहरुको बाहुल्यता छ । हिजो पनि यहाँका जनताले मेरो कामलाई हेरेर अत्याधिक मत दिई विजयी बनाएका थिए । ‘मदन हक्कि, निडर मान्छे हो, यसले जे बोल्छ, त्यो गर्छ’ भन्ने लतिलपुरका जनताले बुझिसकेका छन् । हिजो मैले संविधान सभाबाट संविधान बनाउछु भनेर भोट मागेको थिए, संविधान बनाएर देखायौं । संविधान बनाए पश्चात यस जिल्लामा रही विभिन्न क्षेत्रमा दुइ वर्ष यहाँको लागि मैले निकै काम गरेको छु । सम्पदाको सरंक्षण, मन्दिर बनाउने, गुठी बनाउने जस्ता काम सम्पन्न गरिसकेको छु । संस्कतिको संरक्षण गर्ने काम पनि मैले गर्दै आएको छु । त्यसैले यस चुनावमा जनताको माया र स्नेहले मलाई जिताई फेरी पनि यही बाट विजय गराउनु हुन्छ भन्ने कुरामा विश्वस्त छु ।

चुनावी अभियानमा तपाईको खासै प्रचार प्रसार देखिदैन नि किन ?
काम कम गर्ने, प्रचार बढी गर्ने बानी मलाई मन पर्दैन । मेरोबुवा,मेरो बज्यैले पहिले पहिले मलाई ‘तिमिले दाँया हातले दान दियौ भने बाँयाँ हातले थाहा नहोस, त्यसरी काम गर्ने गर भन्नु हुन्थ्यो, त्यो संस्कृतिबाट हुर्केको मानिस हुँ म । त्यसैले मैले गरेको कामलाई कहिले प्रचार गर्न रुचाइन । अहिले पनि मैले गरेको कामको बारेमा भन्न मन लाग्दैन तर चुनावको बेला भन्नु पर्ने रहेछ । मेरो प्रतिष्पर्धी उम्मेदवारले यस क्षेत्रको लागि केही पनि काम गरेका छैनन् । मैले धेरै काम गरेको छु । मेरो तुलनामा उनको काम सुन्य नै छ । अहिले पनि मेरो क्षेत्रका जनताले तपाई आउनु भयो, तपाई जित्नु हुन्छ भनी अग्रिम बधाइ दिने गरेका छन् । मैले गरेको कामको आधारबाटै मैले चुनाव जित्छु भन्नेमा म ढुक्क छु । त्यसैले मैले जनताको सेवामा कहिले नहिचकिचाई काम गरिरहने तर प्रचार नगर्ने अठोट लिएको छु ।

तपाईका चुनावी एजेण्डाहरु के के छन् ?
मेरो पहिलो चुनावी एजेण्डा पानी हो । पानीलाई मैले नम्वर एक चुनावी एजेण्डाको रुपमा राखेको छु । ललितपुरमा पानीको अत्याधिक दुख छ । मेरो पाँच वर्षको कार्यकालमा मैले ललितपुरका जनतलाई मनग्ग्य पानी खुवाउने योजना सहित अगाडि बढेको छु । यसको लागि अहिले पनि काम गरिरहेको छु । दोश्रो कुरा ललितपुरको विकासको लागि मैले काम गर्ने छु । ललितपुरको आर्थिक सम्बृद्धि र व्यबस्थापन मेरो चुनावी एजेण्डाको रुपमा अगाडि सारेको छु । अहिले जसरी शहरको विकास भइरहेको छ, मलाई त यो विकास नै होइन जस्तो लागिरहेको छ । विकास गरेर मात्र शहर बनाएर बस्ती बसाल्नु पर्छ भन्ने मेरो भनाइ हो । तर हामी काँहा मान्छे बसीसके पछि विकास खोज्ने गरिन्छ । मान्छे बसीसके पछि मात्र उसले बाटो बत्ती खोज्न थाल्छ । मान्छे बसीसकेको ठाउँमा त्यसको व्यबस्थापन गर्न गाह्रो हुन्छ । तै पनि हामीले त्यसको लागि व्यबस्थापन गर्नु पर्छ । हामीले स्थानीय तह जितेका छौ । त्यसैले हामीलाई काम गर्ने आधारहरु पनि छन् । हामीले काम गर्न सक्छौ । हिजो स्थानीय तह हाम्रो थिएन । त्यसैले यो कुरा हिजो भनेको थिइन । आज भन्छु, काम गरेर देखाउने अठोट पनि जनतामाझ गर्न चाहन्छु ।

अघिल्लो कार्यकालमा तपाईले ललितपुरको लागि के कस्ता काम गर्नु भयो ?
संविधान बनाउनको लागि दुइ वर्ष मैले खर्चिए । अरु दुइ वर्षमा मैले ललितपुरको विकासका लागि धेरै काम गरेको छु । गाउँमा मैले गरेको काम हेर्नुहोस । नगरमा भन्नु पर्दा यसअघि ललितपुर नगरपालिका कर्मचारीले संचालन गरे । पार्टीका प्रतिनिधिहरु बसेर नगरपालिकामा काम गरे । त्यहाँ मैले खासै काम गर्न सकिन । उनीहरुले मलाई काम गर्न दिएनन । मैले भनेको कुरा मेरो पार्टीको प्रतिनिधिले पनि मानेनन । त्यस्तो परिस्थित रह्यो । अब त्यो परिस्थिति पनि रहेन । यसअघि मेरो कार्यकालमा गाउँमा मन्दिरहरु जीर्णोद्धार गरे । धेरै ठाउँमा गुठीको भवन बनाएको छु , बाँडे गाँउ,हरिसिद्धि,सुनाकोठी,धापाखेल,खोकना जस्ता धेरै ठाउँमा काम गरेको छु । मैले गरेको कामको बारेमा त्यहाँका जनता जानकारक छन् ।

तपाई उत्साहित हुनुहुन्छ, तपाईको जित पक्का हो त ?
म उत्साहित छु, किनभने मलाई मेरो जितमा विश्वास छ । ललितपुरको विकास म बाहेक अरु कसैले गर्न नसक्ने भएकाले ललितपुरका जनताले मलाई नै चाहन्छन । मैले जितेर आई ललितपुरको मुहार फेर्नेमा स्थानीय जनताहरु ढुक्क भएकाले मलाई नै विश्वास गरी मतदान गर्ने छन् । त्यसैले मेरो जित सुनिश्चित जस्तै भएसकेको छ ।

ललितपुरको तीन वटै क्षेत्र कांग्रेसले नै जित्छ त ?
म ललितपुर कांग्रेसको पार्टी सभापति हुँ । त्यसैले ललितपुरका ३ वटै क्षेत्रमा कांग्रेसलाई जिताउनु मेरो कर्तव्य हो । ललितपुरका ३ वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभामा कांग्रेसले जित्ने कुरामा म ढुक्क छु । अन्य पार्टीले उठाएका उम्मेदवार भन्दा हामीले उठाएका उम्मेदवारहरु सक्षम, सवल र जनचाहना बुझ्न सक्ने भएकाले समग्र ललितपुर जिल्ला नै कांग्रेसले जित्ने कुरामा दुई मत नै छैन ।

ललितपुरका ३ वटै क्षेत्रमा कांग्रेसले जित्न लतिलपुर कांग्रेस एकढिक्का छ त ?
कांग्रेसलाई जिताउन ललितपुर कांग्रेसका सबै कार्यकर्ता एक जुट, एक ढिक्का भएर लागिपरेका छन् । यस जिल्लाका सबै सिटमा कांग्रेसलाई जिताउन कांग्रेसका कार्यकर्ताहरु दिन रात नभनी खटिरहेका छन् । यसको फलस्वरुप ललितपुर जिल्ला नेपाली कांग्रेसमय बनाउन समग्र नेता कार्यकर्ता समक्ष अनुरोध गर्दछु ।

ललितपुर कांग्रेसभित्र कुनै असन्तुष्टि र मनमुटाव छैन ?
ललितपुर कांग्रेसमा कुनै असन्तुष्टि छैन, यदि कोही असन्तुष्ट भए पनि यो समयमा असन्तुष्टिको कुनै आौचित्य नै छैन । तिमीले टिकट पायौ,मैले पाइन भन्ने खालको असन्तुष्टिको कुनै औचित्य पनि छैन । त्यसैले भोलिका दिनमा पनि राजनीति गर्नुपर्छ भनेर यहाँका तमाम कांगे्रसले बुझेका छन् । नेपाली कांग्रेसले जसलाई उम्मेदवार बनाएर मैदानमा पठाएको छ त्यसलाई जिताउनका लागि समग्र कांग्रेस लाग्नुपर्छ र लागेका पनि छन् ।

साभार: लोकसत्ता डट कम

 

  • ४ मंसिर २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !