सेती अञ्चल अस्पताल नेपालकै अत्याधुनिक बनाउने आरजुको घोषणा

आजभोलि

धनगढी । नेपाली कांग्रेशका तर्फवाट कैलाली क्षेत्र नम्वर ५ कि उम्मेदवार आरजु देउवा राणाले धनगढीमा रहेका सेती अञ्चल अस्पताललाइ तिन सय शैयाको अस्पताल बनाउने वताउनुभएको छ । सोमवार धनगढी उपमहानगरपालीकको वडा नं १६ का विभिन्न ठाउँमा चुनावी सभालाइ सम्बोधन गर्दै नेतृ देउवाले सर्वसाधारणको स्वाथ्यमा पहुच अभिवृद्धि गर्न सेती अञ्चल अस्पताललाइ तिन सय शैयाको अस्पताल बनाउने बताउनुभयो । “स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो”,उहाँले भन्नुभयो“धनगढीको सेती अञ्चल अस्पताललाइ तिन सय शैयाको अस्पताल बनाउन तत्काल पहल गर्ने छु ।”

सेती अञ्चल अस्पतालमा विरामीका उपचारका लागि विरामी राख्ने वेड ९शैया० अभाव हुदै आएको छ । चुनावी सभामा बोल्दै कागे्रस नेतृ तथा उमेद्धार देउवाले वर्षेनी हुने मल अभाव कम गर्न मल खाद उद्योग स्थापना गर्ने वताउनुभयो । “कैलाली कञ्चनपुर कृषि उत्पादनका लागि महत्वपुर्ण मानिए पनि बर्षेनी मल अभाव हुनु दुखद हो” उहाँले भन्नुभयो “मल समस्याको दिगो सामाधानका लागि जिल्लामा मल खादको उद्योग स्थापनाका लागी पहल गर्ने छु ।” चुनाव नजिकिए सगै चुनावी प्रचार प्रसारका लागि देउवा उपमहानगरपालीका विभिन्न वडामा घरदैलोमा व्यस्त हुनुहुन्छ । साविकको उर्मा गाविस धनगढी उपमाहानगरपालीका सग जोडिए पनि सडक,खानेपानी र विजुलीको समस्या जस्ताको तेस्तै छ ।

धुलो धुवा रहित सडक र विकासकै लागि मेरो उमेद्धारी हो नेतृ आरजुले भन्नुभयो “ मैले जिते ठुला विकासका योजनाहरु धनगढी भित्रिन्छन् । ” नेतृ राणाले सिपमुलक तालिमका लागि धनगढी पोलिटेक्नीक कलेजको स्थापना गर्ने, महिलाको जिवनस्थर उकास्न सिलाइ कटाइ, हाते कडाइ लगाएतका तालिम प्रदान गर्ने उहाँले बताउनु भयो । महिला आत्मनिर्भर बनाउन आफुले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । महिलालेनै महिलाको आवश्यकक्ता बुझ्ने भन्दै नेतृ देउवाले महिलाको आर्थीक उत्थनका लागि सिपमुलक कार्यक्रम लागु गर्ने बताउनुभयो ।

नेपाली कागे्रस कैलालीले पाँच नम्बर क्षेत्रको रामपुर ,व्युसाहा,घसेटा,जलघुसटा लगाएतका क्षेत्रमा सोमवार भेला सम्पन्न गरेको छ । यस्तै खटिया बजार ,भादा र घुरहिमा पनि स्थानिय सँग भेटघाट कार्यक्रम सम्पन्न गरेको नेपाली कागे्रस कैलालीले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभा उमेद्धार आरजु राणा, संगै प्रदेशसभा क कि उम्मेदवार जिवन राना, लगायत महाधिवेसन प्रतिनिधी ,क्षेत्रीय सभापति र वडा अध्यक्ष सहितको टोलीले घर दैलो तथा भेला सम्पन्न गरेको हो ।

 

  • ४ मंसिर २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !