७ नम्बर प्रदेश सम्बृद्ध बनाउँछु-आरजु राणा

आजभोलि

धनगढी । नेपाली कागे्रसकि नेतृ तथा कैलाली क्षेत्र ५ कि प्रतिनिधी सभा उमेद्धार आरजु राणा देउवाले प्रदेश नम्बर सातलाइ विभेद रहित प्रदेश बनाउने बताउन’ भएको छ । देशका अन्य क्षेत्रको तुलनामा सात नम्बर प्रदेशमा थुप्रै विभेदहरु रहेको भन्दै आफूले विभेद रहित समृद्ध प्रदेश बनाउने बताए । विहिवार निमार्ण व्यवसायीक संघ कैलालीमा आयोजित तिन चुनावी सभालाइ सम्बोधन गर्दै नेतृ देउवाले समुन्नत समाज निमार्णका लागि विभेद रहित समाज निमार्णका लागि आँफ’ सँग प्रसस्त योजनाहरु रहको बताए ।

चुनावी प्रचार प्रसारमा व्यत रहनुभएकी देउवाले विहिवार मात्रै दार्चुला कैलाली सम्पर्क समिती र लोकतान्त्रीक निमार्ण व्यवसायी संघ कैलालीले आयोजना गरेको भेटघाट तथा चुनावी सभामा सहभागी जनाएको थियो । यस्तै विहिवार नै कैलाली बझागं लोकतान्त्रीक समाजको कार्यक्रमलाइ समेत सम्बोधन समेत गरेको थियो ।

राणाले सभामा बोल्दै देउवाले जातीय विभेद र छुवाछुत अन्त्य गरि आदीवासि जनजाती, राना थारु , मुस्लिम र महिलाका अघिकार स्थापना गर्न आफू लागि पर्ने बताए । यो देशलाइ समृद्ध बनाउने सपना छ’ उनले भने । जनजाती आदिबासी ,थारु , मुस्लिम र महिला सबैलाइ समेटिएको सुन्न्दर फूलवारी यो देशमा राम्रो मालामा उन्ने दाबी गरे ।

नेतृ देउवाले ७ नम्बर प्रदेशको विकासका लागि अन्य नेता भन्दा आफु निकै सक्षम रहेको बताए । नीति बनाउने निकायमा आवाज राख्न र प्रभाव छोड्न आवश्यक रहेको भन्दै नेतृ देउवाले आफूले यो क्षेत्रका लागि अरु भन्दा धेरै काम गर्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली कागे्रसका केन्द्रिय सदस्य दिलेन्द्र वडुले अधिनायकवाद लाद्ने गठबन्धनका सोच पूरा नहुने बताए । देशमा शाान्ती स्थापना भइरहेका बेला तर्साउने गरि गठबन्धनका नेताहरुले अधिनायकवाद लाद्ने कुरा हुनै नसक्ने बताए ।

 

  • १४ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !