सरकारले व्यापार घाटा कम गर्न श्वेतपत्र जारी गर्ने

आजभोलि

काठमाडौँ । नेपाल सरकारले व्यापारघाटा कम गर्न सरकारले विशेष रणनीतिसहितको ‘श्वेतपत्र’ जारी गर्ने तयारी गरेको छ । सङ्घीय संरचनामा आर्थिक वृद्धिलाई सहयोग पु¥याउन निर्यात प्रवद्र्धनका ‘प्याकेज’ समेटिएको श्वेतपत्र बनाउने तयारी अघि बढाइएको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । । श्वेतपत्रमा विशेषगरी निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र आयात व्यवस्थापनलाई प्राथमिकतामा राख्ने सरकारको तयारी छ । कतिपय वस्तुको आयात निरुत्साहित गर्नुपर्ने र निर्यातमा पनि व्यवसायीको संलग्नता बढाउनुपर्ने भएकोले बृहत योजनासहितको श्वेतपत्र तयार गरिने सचिव घिमिरेले बताए ।

उनले भने नेपालले अहिले १३० मुलुकबाट आयात गरिरहेको छ । आयात–निर्यातको अनुपात पनि बढ्दैछ । यस्तोमा घाटा कम गर्न आयात व्यवस्थापन गर्नुपर्ने देखिएको छ, उहाँले भन्नुभयो । खासगरी इनर्जी ड्रिङ्क, सफ्ट ड्रिङ्क, मोबाइल, अल्कोहोलिक पदार्थ, सुर्तीजन्य पदार्थ, पहेलो धातु, सवारीसाधनजस्ता वस्तुको आयात निरुत्साहन गर्ने रणनीतिमा मन्त्रालय रहेको छ ।

उहाँका अनुसार यसअघि उपलब्ध गराइँदैआएको निर्यात प्रोत्साहनको डिजाइन नै परिवर्तन गरेर त्यसको प्राविधिक सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ । अहिले हामीले हामीजस्तै केही देशको निर्यात रणनीतिका विषयमा अध्ययन पनि गरिरहेका छौँ, उहाँले भन्नुभयो, सबै अध्ययनबाट नेपाललाई उपयुक्त प्रोत्साहन प्याकेज सुरु गर्नेछौँ ।

मन्त्रालयले निर्यात प्रवद्र्धनका लागि एकीकृत व्यापार रणनीतिले पहिचान गरेका अदुवा, अलैँची, पश्मिना, कफी लगायतका वस्तुको ‘भ्यालु एड’ गर्न विभिन्न जिल्लामा कार्यक्रम पनि सञ्चालन गर्नेभएको छ । यसबाहेक आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धनका लागि मन्त्रालय आफैले मेला आयोजना गर्ने योजना पनि बनाएको छ । नेपालले गत आर्थिक वर्षमा कुल ७३ अर्ब १२ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो तर सोही वर्ष आयात भने कुल नौ सय ८५ अर्ब ९५ करोड रुपियाँ पुगेको थियो ।

गत आवमा मात्रै कुल नौ सय १२ अर्ब रुपियाँको व्यापारघाटा देशले व्यहोर्नुपरेको थियो । चौधौ योजना अनुसार कुल गार्हस्थ उत्पादनमा व्यापार घाटाको अनुपात ३० प्रतिशतले कम भएर ७८० अर्ब पुग्नुपर्ने अनुमान गरिएकोमा घाटा भने निरन्तर बढिरहेको छ । चालू आर्थिक वर्षमा पनि देशको व्यापारघाटा ९५६ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

  • १४ मंसिर २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !