काठमाडौं । लामो समयदेखि राष्ट्रिय एकत तथा पृथ्वी नारायण शाहको जन्म दिनमा विदा हुनु पर्ने माग उठी रहेको थियो । विगतको सरकारले मन्त्रीपरिषदमा प्रस्ताव लगेपनि मन्त्रीको विरोधको कारण पारित हुन सकेको थिएन । तर यस पटक प्रधानमन्ी शेर बहादुर देउवाको पहलमा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसले राष्ट्रिय एकतामा पृथ्वी नारायण शाहको योगदानको कदर भएको आम नेपालीको बुझाइ रहेको छ ।
विहीवार बसेको मन्त्रीपरिषदको बैठकले हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । साथै, इसाई धर्मावलम्बीको पर्व‘क्रिसमस डे पनि पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ ।