प्रचण्डको झूठ, बाँदुरमुढेमा आफ्नै कार्यकर्तासँग ३ बुँदे सहमति गरेको खुलासाः स्थानीय झन आक्रोसित

आजभोलि

चितवन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाँदरमुढे घटना पीडित संघर्ष समितिसँग कुनै छलफलै नगरी तीनबुँदे समझदारी भएको सूचना सार्वजनिक गराएपछि उनले बाँदरमुढे घटनाका पीडितलाई फेरि झुक्याएको खुलासा भएको हो। उनले आफू नजिकका कार्यकर्ता बोलाएर मत तान्नको लागि नक्कली पीडितसँग ३ बुदे सम्झौता गरेको स्थानीय बासिन्दाले बताए । स्थानीयसँग कुनै छलफल भएको छैन । हामीले त अरुबाट थाहा पायौं, एक पीडितले भने ।
समितिले घटनालाई अतिरिञ्जित पार्न खाजेको आरोप लगाएको छ ।

समितिलाई तीनबुँदे समझदारीबारे जानकारीसमेत नदिइएको तथा समझदारी गर्ने व्यक्ति घटनाका पीडित सम्मिलित संघर्ष समिति बाहिरका रहेको समितिका पदाधिकारीहरुको भनाई छ। माओवादीले लगातार घटना दबाउन खोजेको बताउँदै बाँदरमुढे संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, ‘चुनावको मुखमा फेरि तीनबुँदे समझदारी गराएर घटनालाई मत्थर पार्ने प्रयास भएको छ ।’

अध्यक्ष न्यौपानेले भने,‘मैले १२ वर्ष संघर्ष गर्दै आएँ । समितिको अध्यक्षलाई नै जानकारी नदिई कसलाई लिएर वार्ता गरे रु यो वार्ता सार्थक छैन, ढाँट, छल गरेर मतदाता ढाँट्ने प्रयासमात्र हो ।’ आफूले सहमति भएको भनेर एकैपटक फेसबुकमा देखेर थाहा पाएको उनले बताए । म अध्यक्ष हुँ । मलाई जानकारी हुनुपर्दथ्यो । तर छलफलमै ल्याइएन । यो सहमति हुनै सक्दैन । मेरो आपत्ति छ । यसमा म खेद प्रकट गर्दछु ।’

अध्यक्ष न्यौपानेले थपे ‘म आफू पनि वार्तामा बस्न चाहिरहेको थिएँ । पीडितको कुरा राख्न चाहन्थेँ । तर, यो नियोजित रुपमा पीडितहरुलाई नै भजाउन र विभाजित गर्नका लागि हो ।’ २०६२ साल जेठ २३ गते यात्रुवाहक बसलाई लक्षित गरी तत्कालीन नेकपा माओवादीले माडी बाँदरमुढेमा बम विष्फोट गराउँदा ३९ जनाले ज्यान गुमाएका थिए । ७२जना घाइते भएका थिए । घटनामा ज्यान गुमाउनेमा २२ जना माडीकै थिए । यस्तै घाइतेमध्ये पनि अधिकांश माडीकै वासिन्दा थिए ।

प्रचण्डको झूठ

घटनालगत्तै बनेको पीडित समितिसँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’ले नयाँ जुक्ति अपनाएको बताइएको छ । उनले एमाले र तत्कालीन जनमोर्चा समर्थक पीडितलाई लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न लगाए ।

बाँदरमुढे घटनाका पीडितका ५ जनासँग तीन बुँदे लिखित प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्। पाँचै जना समितिको कार्य समितिमा छैनन् ।

सहमतिमा घटनामा ज्यान गुमाएका परिवारलाई रोजगारीको व्यवस्था गर्ने, घाइतेहरुको औषधि उपचार गर्ने तथा रोजगारीको व्यवस्था गर्ने र घटनास्थल बाँदरमुढेमा दश विघामा स्मारक संग्रहालय र चिडिया घर निर्माण गर्ने उल्लेख छ ।

‘दुइ चार जनासँग मिलेर सहमति गर्नुभयो रे भन्ने सुनेको छु’, बाँदरमुढे घटनापीडित समितिका अध्यक्ष न्यौपानेले भने,‘चुनावको मुखमा कोसँग केसहमति गर्नुभयो त्यो उहाँलाई थाहा होला, समिति यसबारे बेखबर छ।’

उनले माओवादी केन्द्रले घटनाका पीडित समितिसँग बसेर परामर्श नगरी सहमति गरिएको हल्ला गरिएको आरोप लगाए । ‘पीडित धेरै छौँ, समिति बनेको छ तर हाल सहमति गर्न पुग्नेहरुले हामी सबैको प्रतिनिधित्व गर्नुहुन्न’ उनले भने ।

समितिको अध्यक्षमा मुक्तिनाथ न्यौपाने, उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा भानु आचार्य, कोषाध्यक्षमा यमनाथ सुवेदी छन् । यस्तै सदस्यहरुमा लक्ष्मीकान्त घिमिरे, राधेश्याम भण्डारी, लक्ष्मी श्रेष्ठ, रोशन श्रेष्ठ, दुर्गामाया मगर छन् । तर, समितिमा रहेर न्याय र अधिकारको पक्षमा वकालत गरेका व्यक्तिलाई नै माओवादी केन्द्रका अध्यक्षले बिर्सेको आरोप अध्यक्ष न्यौपानेको छ ।

‘तीनबुँदे सहमति भनेर मिडियाबाजी भएको छ’, बाँदरमुढे घटनापीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, ‘हामीलाई योबारे केही थाहै छैन, कताबाट के सहमति भएछ रु”

यसअघि पनि प्रचण्डले माडी महोत्सवको उद्घाटन गर्दै ०६९ सालमा ६० लाख राहत प्याकेज घोषणा गरे पनि पीडितले सो राहत अस्वीकार गरेका थिए । तर, चुनावको दौरानमा माडीमै पुगेका प्रचण्डले पीडितहरुको संघर्ष समितिसँग छलफल र परामर्श गर्ने कामसम्म गर्नुभएको थिएन ।

 

  • १८ मंसिर २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !