अध्यक्षमा राहुलको एकल उम्मेदवारीः निर्विरोध हुने सम्भावना

आजभोलि

नयाँ दिल्ली। भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन् । यस भन्दा अघि उनी उपाध्यक्ष थिए ।

सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष हुन । गान्धी राहुली आमा हुन । उहाँले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ ।

त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ ।

राहुल गान्धी हाल पार्टीको उपाध्यक्ष रहनुभएको छ । उहाँ गत पाँच वर्षयता उपाध्यक्ष पदमा हुनुहुन्छ । यस पदमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन ।

पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनु हुने बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनु भएकी सोनिया गान्धीले आफ्नो छोरालाई सो पदको बागडोर दिन लाग्नुभएको बताइन्छ ।

अहिलेको अवस्थामा भारतीय काँग्रेसका लागि यो एक राम्रो कुरा भएको र राहुल गान्धीले अगामी दिनमा अन्यन्त राम्रोसँग कार्यसम्पादन गर्ने उत्तरी भारतीय राज्य पञ्जावका मुख्यमन्त्री अमारीन्दर सिंहले बताए ।

 

  • १९ मंसिर २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !