१०० भन्दा बढी फिल्ममा अभिनय गरेका अभिनेता शशीकपुरको ७९ वर्षको उमेरमा निधन

आजभोलि

न्यू दिल्ली । भारतीय अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको उमेरमा निधन भएको थियो । उनी भारतीय सिनेमा जगतमा अत्यन्तै सफल र लोकप्रिय अभिनेताको रुपमा रहेको थिए ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।

शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पु¥याएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुन् । उनको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ ।

 

  • १९ मंसिर २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !